May 11, 2021, Tuesday

प्याजका बेर्नाबाट आम्दानी गर्दै कृषकहरु

टीकापुर । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेका छन् ।

व्यावसायिक रूपमा बेर्ना उत्पादन गर्नेले दैनिक नर्सरीबाटै रु २५० प्रति किलोमा बेर्ना बेचिरहेका छन् । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेका छन् । अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसकेका छन् ।

कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गरेकी छिन् । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ ।” “बेर्ना बिक्री गर्ने सिजनमा महिनामा रु तीन लाखसम्म कमाउन सकिन्छ ।”

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेर कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छिन् । पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गरेकी छिन् । “आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको बेर्ना बेचेँ”, “मासिक रु एक लाखसम्म कमाइ हुन्छ, काम आफ्नै परिवारका सदस्यले गर्दछन् ।”

बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ ।

कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताईन् । “एक किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो”, “एक किलो लगाउनेले बेर्ना आफैँ राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।”

“अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ”, होसन्ना बेर्ना नर्सरीका सञ्चालकले बताए । “सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौँ । हाम्रो पनि परिवारका सदस्यले काम गर्छन् । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।” टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ १३, १२: ०९: ५०

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ १३, १२: ०९: ५०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ १३, १२: ०९: ५०

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP