चर्चित गायिका मेलीना राईको स्वरमा सजिएको “धड्किरहन्छ मुटुभरी” बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।
गीतमा साहित्यकार कवि एबम् पुर्ब सहरी मन्त्रालयका पूर्ब सचिव दिपेन्द्रनाथ शर्माको शब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।
मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।
भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो मायापाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।
युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाई यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...