June 21, 2021, Monday

बागमती र प्रदेश १ सरकार गठनमा कांग्रेसभित्रै तानातान !


नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल गुट दुई धारमा देखिएसँगै प्रदेश नम्वर १ र बागमती प्रदेशको सरकार अल्पमतमा परेको छ ।

दुवै प्रदेशमा नेकपाको ओली समूहका मुख्यमन्त्री अल्पमतमा परेसँगै नयाँ गठनबन्धनको रस्सा कस्सी चलिरहेकै छ । दुुवै प्रदेशमा नेपाली कांग्रेसको भूमिका निर्णायक देखिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल अल्पमतमा परे नेकपाकै दाहाल– नेपाल समूह एक्लैको बहुमत पुग्ने अवस्था छैन । त्यसका लागि दुवै प्रदेशमा नेपाली कांग्रेसको समर्थन अनिवार्य देखिन्छ ।

सत्तारुढ नेकपा दुुई समूहमा विभाजित भएसँगै दाहाल–नेपाल समूहले दुवै प्रदेशमा मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाइसकेका छन् । तर, दुवै प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको नेपाली काग्रेसले दुुईमध्ये एक प्रदेशमा नेतृत्वको चाहना गरेको छ ।

को छ । तर, असन्तुुष्ट नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले भने प्रदेश १ मा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिएर बागमतीमा दाहाल–नेपाल समूहलाई छोड्नु पर्ने अडान राखेका छन् ।

प्रदेश १ मा कांग्रेस संसदीय दलका नेता रहेका राजिप कोइराला संस्थापन इत्तर पक्षका हुन भने बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर वानियाँ संस्थापन पक्षका हुन् ।

उता नेकपाको दाहाल–नेपाल समूहले भने आफूूहरुलाई बहुमतको लागि केही सदस्य सख्या मात्र अपुुग भएको भन्दै दुवै प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयसहित ४० प्रतिशत लिएर सरकार बनाउनको लागि गठबन्धन गर्न प्रस्ताव गरेको स्रोतको दाबी छ ।

यता, कांग्रेसको संस्थापन र इत्तर पक्षले भने दुई वटा प्रदेशमध्ये एकमा कांग्रेसले नेतृत्व गर्न पाउनु पर्ने माग गरेका छन् । कांग्रेस भित्रै दुुइ गुट र समूह स्पस्ट भएपछि दाहाल – पक्ष अप्ठ्यारोमा परेको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार बसेको बैठकमा समेत कांग्रेले ओली निटका दुुइ मुख्यमन्त्रीले नेतृत्व गरेको प्रदेश ढाल्न सहयोग गरे पनि सरकारमा जान भने गम्भीर प्रस्तावहरु अघि सार्ने निर्णय गरेको थियो ।

पौडेल–कोइराला समूहको बैठकले समेत नेकपाको संस्थापन पक्ष अर्थात नेकपाको ओली समूहलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने भन्दै प्रदेश १ मा कांग्रेसले मुख्यमन्त्री दाबी गर्ने विकल्प अघि सार्ने निर्णय गरेकाो थियो ।

दाहाल–नेपाल समूहले भने दुवै प्रदेशमा आफ्नो समूहले नेतृत्व नपाए एउटा प्रदेश बागमतिमा भने नेतृत्व पाउनु पर्ने माग गरेको छ ।

तत्कालिन नेकपा एमालेकी उपाध्यक्ष महिला नेतृ अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्रीको लागि नेकपा संसदीय दलले नेतामा चयन गरी प्रदेश सभामा पेश गरिसेको छ । दाहाल नेपाल समूहले पनि बागमतीमा शाक्यको नेतृत्वको लागि गरेको दाबीबाट पछि नहट्ने जनाई सकेको छ ।

ओली निकट मानिएका बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध बागमती प्रदेश संसद सचिवालयमा गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता भइसकेकोले माघ १९ गते बस्ने प्रदेश सभाले सो प्रस्तावलाई निर्णयार्थ. अघि बढाउने निश्चित छ ।

कांग्रेस सभापति शेरबहादुर देउवावको निवास बुढानिलकण्ठमा गत माघ ९ गते बसेको बैठकमा असन्तुुष्ट नेता रामचन्द्र पौडेलले कुनै पनि प्रदेशको सरकारमा कांग्रेस सहभागी हुन नहुने धारणा राखेका थिए ।

सभापति देउवाले दुवै प्रदेशमा कांग्रेसले अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा मत नदिए अल्पमतको सरकारले प्रदेश चलाउने भन्दै राष्ट्रपति शासन लागू गर्नको लागि उत्प्रेरित गर्ने वातावरण बनाउन नहुने धारणा राखेका थिए ।

तर, नेता पौडेलले प्रदेशमा राष्ट्रपति शासन लागू भए वा नभए पनि कांग्रेस कुनै हालतमा सरकारमा जान नहुने भनी धारणा राखेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलबाट हटाएर दाहाल –नेपाल समूहले आफू निकटका भीमप्रसाद आचार्यलाई संसदीय दलको नेता बनाई सकेका छन् ।

यस्तो छ बागमती प्रदेशको अंगगणीत

बागमती प्रदेशका एक सय १० सदस्यमध्ये नेकपाका ८० सांसद छन् । तिमध्ये मुख्यमन्त्री पौडेलको पक्षमा ओली समूहका ३५ जना सांसद छन् भने उनको विपक्षमा दाहाल–नेपाल समूहका ४५ प्रदेश सांसद छन् । सो समूहले ावी मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।

बागमतीमा मुुख्यमन्त्री हुुन बहुमत अर्थात ५० प्रतिशत बढी मत पाउन –६जना सांसदको समर्थन जरुरी हुन्छ । शाक्यको पक्षमा हालसम्म ४५ जना मात्र देखिएकाले वाँकी ११ जना सांसद कांग्रेस वाहेक कुनै पनि दलमा छैनन् ।

बागमतीमा विवेकशील साझा पार्टीका ३ जना,राप्रपा र नेमकिपाका २–२ जना मात्र प्रदेश सांसद छन् । कांग्रेसले मुख्यमन्त्रीको अविश्वासको प्रस्तावको पक्ष वा विपक्ष कतै पनि नलागी तठस्थ बसेमा बागमति प्रदेश संसदबाट सरकार बन्ने अवस्था देखिँदैन ।

कांग्रेस तठस्थ बसेमा बागमती प्रदेशका मुुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश विघटनको बाटो रोज्ने सम्भावना देखन्छि ।

यस्तो छ प्रदेश १ को अंगगणीत

यस्तै ९२ सदस्य रहेको प्रदेश १ मा दाहाल – नेपाल समूह एक्लैले सभामा बहुमत पुर्याउन सक्दैन । कांग्रेसको प्रदेश १ मा २१ जना सांसद छन् । सत्तारुढ नेकपाको यो प्रदेशमा ६७ जना सांसद छन् ।
नेकपाका ६७ मध्ये ३४ जना दाहाल–नेपाल पक्षमा र ३३ जना ओली पक्षमा उभिएका छन् ।

शुरुमा दाहाल–नेपाल पक्षका प्रदेश सांसदले आफूहरुसँग ४५ जना भएको दाबी गरे । ३७ जना प्रदेश सभा सदस्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीबाट हटाउन हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर गरेका मध्ये झापाका गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली र पूर्व प्रदेशराज्यमन्त्री जसमाया गजमेरले दाहाल –नेपाल समूह त्यागेर ओली पक्षमै लागे । यो प्रदेशमा दाहाल–नेपाल समूहका सांसद भीमप्रसाद आचार्यलाई ४७ मत जरुरी छ । यो प्रदेशमा कांग्रेसको २१ मत छ ।

कांग्रेसका २१ सांसदले समर्थन गरे मात्र आचार्यको मुख्यमन्त्री बन्ने बाटो खुल्ने देखिन्छ ।
मुख्यमन्त्री राईले आाचार्यसहित आफूइत्तरका १६जना प्रदेश सांसदलाई निलम्बन गरे । जसको बैधता पुष्टि हुन वाँकी छ ।

आफूबिरुद्ध आविश्वासको प्रस्ताव ल्याएको भन्दै संसदीय दलको नेता बनेका राईले १८ जनलाई निलम्वन गरेपछि राई बिरुद्धको अविश्वासको प्रस्ताव प्रदेश नंम्वर १ को प्रदेश सभामा प्रवेश पाइसकेको छैन ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक छ भनेर प्रेस विज्ञप्ति निकाल्ने कांग्रेस सभापति देउवाले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतको आदेश पर्खने भन्दै आएका थिए ।

पुस तेश्रो सातापछि मात्र स्थानीय तह र वडा तहसम्म आन्दोलनको कार्यक्रम घोणा गर्न तयार रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल– नेपाल समूहप्रति ओलीसमूहभन्दा बढी सहकार्यको सम्भावना रहेको संकेत दिएपछि दुवै प्रदेशमा प्रदेश सरकार परिवर्तन गर्ने विषयमा कांग्रेसमा बहस जारी छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो बसेको बैठक पनि प्रदेश सभामा कांग्रेसको भूमिकाको खोजी गरिने भएको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ माघ १३, १५: ३५: १८

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ माघ १३, १५: ३५: १८

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ माघ १३, १५: ३५: १८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP