May 11, 2021, Tuesday
मुनलाईट म्यानपावरबाट ठगिएका युवाहरुको नामावली

बैदेशीक रोजगार विभागकै संरक्षणमा मुनलाईट म्यानपावरको ठगी धन्दा


नयाँ विकल्प,
काठमाडौं – युरोप र दक्षिण अमेरिकी महादेशका विभिन्न मुलुकमा बैदेशीक रोजगारीको आकर्षण देखाउँदै ललितपुरमा कार्यालय रहेको मुनलाईट इन्टरनेसनल प्रालि नामक बैदेशीक रोजगार कम्पनीले सयौं युुववाबाट लाखौं रकम उठाएको छ ।

यसरी बैदेशीक रोजगारी दिलाइ दिने नाममा सयौं युवाबाट रकम असुल्ने यो कम्पनीलाई भने बैदेशीक रोजगार विभागले नै संरक्षण गरेको खुलेको छ ।

‘ओर्जिनल डिमाण्ड लेटर’ देखाएर दुुई वर्षअघि पहिलो चरणमा ५४ जनालाई युरोपको पोल्याण्ड लगेपछि सो कम्पनीले अरु पनि डिमाण्ड लेटर रहेको दाबी गर्दै एक वर्ष अघिदेखि एक सय ४० जना युवाबाट प्रतिव्यक्ति ५० हजार देखि दुुई लाख रुपैयाँसम्म पेश्की भन्दै रकम असुलेको छ ।

बैदेशीक रोजगार विभागबाट स्वीकृति नलिई मुनलाईटले १० जना युवालाई फ्याक्ट्रि वर्कर्सको रुपमा चेक रिपब्लिकमा रहेको मर्सिडिज प्लास्टिक कम्पनिमा काम लगाई दिने भनी प्रतिव्यक्ति दुुई लाख रुपैयाँ पेश्की भन्दै लिएको थियो ।

विभागबाट पूर्वस्वीकृति नपाएपछि ‘इन्डिभिजुुअल’ पठाउने भन्दै ७२ जना युवाबाट प्रतिव्यक्ति एक लाखदेखि चार लाख रुपैयाँसम्म पेश्की गत २०७७ साल कात्तिकसम्ममा उठाएको पाइएको छ ।

सो कम्पनीले चेक रिपब्लिक, पोल्याड, डेनमार्क र माल्टा पठाउने भन्दै चार लाख रुपैयाँसम्म पेश्की लिएको हो । पीडितहरुका अनुसार सो कम्पनीले प्रतिव्यक्ति कम्पनी र देश हेरेर १२ लाखदेखि १७ लाख रुपौयाँसम्म खर्च लाग्ने भनेको थियो ।

जर्मनी र पोल्याण्डबाट मात्र पाँच सय बढी कामदारको डिमाण्ड आएको भन्दै कम्पनीले पीडितमध्ये ९६ जना पीडितको नामावली प्राप्त भएको छ । आफ्नो फसेको रकम माग्न जानेलाई कम्पनीले सुरक्षाकर्मीको नाममा खटाइएका युवालाई देखाएर हातपात गर्ने र धम्क्याउने गरेका छन् ।

एक वर्षदेखि युरोपेली मुलुक जाने सपना साँचेर लाखौं रुपैयाँ पेश्की दिएका युवाहरुले विदेश उड्न नपाएपछि रकम फिर्ताको पहल गर्दा सुनुुवाई नभएपछि बैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

२०७७ कात्तिक ४ गते विभागमा उजुरी परेपछि विभागले मुनलाईटका संचालकलाई विभागले कात्तिक २१ गते स्पष्टिकरण सोधेको थियो । २४ घण्टा भित्र विभागमा उपस्थित हुन पत्र काट्दा र ७ दिने पत्र काट्दा समेत कम्पनीको कोही प्रतिनिधि सम्पर्कमा नआएपछि विभागले कम्पनी सिल गरेको थियो ।

आफू संचालक रहेको मुनलाईटबिरुद्ध विभागमा उजुरी परेको थाहा पाउना साथ संचालक पार्वती खड्काले विभागका जिम्मेवार अधिकृतसँग सेटिङ गरेको देखिन्छ ।

स्रोतका अनुसार विभागको नेतृत्वले विभागका २ कर्मचारीलाई पुस ८ गते बिहान ८ गते मुनलाईटका कर्मचारी अरुण चौधरी र अर्को एक स्टाफसँगको मिलेर मुनलाईटको कार्यालयको ताल्चा खोलेर महत्वपूर्ण कागजात लुकाइएको थियो ।

स्रोतका अनुसार मुनलाईटका २ कर्मचारी र विभागका दुुई कर्मचारीले मुनलाईटको कार्यालयमा रहेका रकम बुुझेको भर्पाई, सयौ युवाका राहदानी, नक्कली डिमाण्ड लेटर दुुई वटा कम्युुटर र महत्वपूण कागजात उठाएर गायव गरिएको छ ।

आफ्नो रकम फिर्ता पाउँ भनी निवेदन दिने पीडितलाई विभागले सम्पर्कमा रहनु भने पनि आजसम्म कम्पनीलाई कारबाही गरेको छैन् । पीडितको गुनासोलाई संवोधन गर्नुको सट्टा विभागका जिम्मेवार अधिकृतहरुले अरोपी पार्वती खड्का नभेटिएको जवाफ दिने गरेका छन् ।


यी हुन मुनलाईटबाट ठगिएका युवाहरु

पलबहादुर खड्का, तेजनारायण श्रेष्ठ, लामु डोल्मा गुरुङ, हरिकुमार श्रेष्ठ, सुमन पुन, रमेशकुमार ढकाल, रोमा गुरुङ, सुरेन्द्र गुरुङ, एलिना राई, सङ्गु शेर्पा, आदेश जीएम, विशेष गुरुङ, प्रकाश खड्का, तेजिना शेर्पा, तेन्जिङ शेर्पा, मुक्तिप्रसाद गुरुङ, पहलसिंह थापा, प्रकाश जिमी, सिंह राज गुरुङ, दलप्रकाश आले, वीरेन्द्र गिरी, अनिस देवान, रुमिलङु राई, शम्भु लामिछाने, सञ्जु पौडेल व सुवेदी, अमृत गुरुङ, रामप्रसाद पुन मगर, बनि बस्नेत, बमबहादुर तामाङ, मनिष केसी, विश्व थापा मगर, सुन्दर तामाङ, राजकुमार बोमजन, करुणराज थिंङ, यज्ञप्रसाद लामिछाने, गोपाल चौहान, लालमणी विक, बसन्तप्रसाद भुुषाल, राधिका गुुरुङ, गौतम गुरुङ रहेका छन् ।

त्यस्तै, राजा महर्जन, दिलबहादुर राना, रामकुमार तिमिल्सिना, रोमियो रिमाल, रुपक न्यौपाने, रुपेश न्यौपाने, दिनेश कडरिया, जयराम अधिकारी, गम्भीर चन्द ठकुरी, गंगाबहादुर घले, रामगोपाल सिलवाल, सागर गुरुङ, दीपेन्द्र खत्री, छिमी शेर्पा, विक्रम गुरुङ, भोगेन्द्र कुँवर, भगवान पाण्डे, बाबुराम आचार्य, अर्जुन श्रेष्ठ, अरुण कुमार चौधरी, अर्जुन बराइली, टिकाराम भुजेल, टीका न्यौपाने, सूूर्यमान बेल्वासे, सूूर्यबहादुर सिञ्जाली, सोमन श्रेष्ठ, सुुदिप थापा मगर, सुदीप शर्मा, सत्यमान लोप्चन, सागर लम्साल, रामगोपाल सिल्वाल, राजेश राई, राजन श्रेष्ठ रहेका छन् ।

त्यस्तै, फुर्वाती शेर्पा, पदमराज पाण्डे, निरज लामा, मुकेश त्रिपाठी, मिनबहादुर गुरुङ, महेशप्रसाद वाग्ले, मदन देवकोटा, कैलास ढकाल, केशव –दीपक बजगाइँ, असिम तामाङ, सुमन सञ्जेल, रेहान्त मगर, सुवास वुढाथोकी, सन्तोष सुवेदी, सम्भा लामा, रविन्द्र घिमिरे, कविन नेपाली, सन्दिप राई, भोजराज रावत, बीरबहादुर बोम्जन, किसोर श्रेष्ठ, अजय घलान, कृष्णबहादुर थापा, सुवास बुढाथोकी, सन्तोष सुवेदी, शम्भु लामा, रविन्द्र घिमिरे रहेका छन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ १३, १७: ४६: ४३

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ १३, १७: ४६: ४३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ १३, १७: ४६: ४३

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP