नयाँ बिकल्प,
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७२ औं गणतन्त्र दिवस जनवरी २६ को अवसरमा मंगलबार विविध कार्यक्रम गरी मनाएको छ ।
भारतीय दूतावासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।
सो दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई तीन करोड ६८ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको थियो ।
राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको थियो । सो अवसरमा राजदूत क्वात्राले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए । सो समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले सम्पर्क भारत –नेपाल एलुम्नी नेटवर्कका साथै सम्पर्क भारत नेपाल डट कम वेबसाइटको शुभारम्भ गरेका थिए ।
समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरियो ।
भारतीय राजदूतावासद्वारा आयोजित ‘मैत्री थ्रुु माई लेन्स’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरियो ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...