February 28, 2021, Sunday

माघ १६ र १९ गते सबै जिल्लामा विरोध सभा गर्न तरुण दलको निर्देशन


नयाँ विकल्प,

काठमाडौं – शहिद दिवसको अवसरमा माघ १६ गते शहिदको सम्मानमा कोभिड –१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरी मनाउन नेपाल तरुण दलले आफ्ना ७७ वटै जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड – १९ नियन्त्रण र व्यवस्थापनमा असफलता र कुशासनविरुद्धमा काँग्रेसको निर्देशन अनुसार माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुसँगको सहकार्यमा विरोध प्रदर्शन र सभा गर्न तरुण दलले आव्हान गरेको छ ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतका अनुसार ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्न काँग्रेस जिल्ला कार्य समितिसँग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भ्रातृ संस्थाहरुको तुरुन्त बैठक राख्न निर्देशन दिइएको छ ।

माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न परिपत्र गरिएको अध्यक्ष बस्नेतले जनाए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबलार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
  • २०७७ माघ १४, १७: २१: २३

नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ माघ १४, १७: २१: २३

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ माघ १४, १७: २१: २३

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

भर्खरै

TOP