February 26, 2021, Friday

उचिडी स्वास्थ्यचौकी स्वास्थ्य शिविरमा ५९७ जना स्थानीयवासी लाभान्वित

काठमाडौं । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् ।

सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा पुग्नेमध्ये पेट, हाडजोर्नी, दीर्घरोग, दम, छाला र मोतियाविन्दुका बिरामीको सङ्ख्या बाक्लो रहेको सेनाले जनाएको छ ।

शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ । उक्त शिविरमा ५१ ले दाँतको उपचार सेवा लिएकामा अधिकांशले सेनाले उपलब्ध गराएको सेवाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

उक्त शिविरबाट सेनाले आगामी दिनमा त्यसखाले शिविरमा आँखा, जनरल फिजिसियन, हाडजोर्नीका थप सेवा र विशेषज्ञको आवश्यकता महसुस भएको जनाएको छ ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ १५, १२: ५६: २२

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ १५, १२: ५६: २२

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ १५, १२: ५६: २२

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP