February 26, 2021, Friday

स्वस्थानी ब्रतकथा सुरू, यस्तो छ महिमा !


नयाँ विकल्प,


काठमाडाैं- पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ।

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ। त्यसैले, साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ।

यस्तो छ स्वस्थानीको महिमा !

राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ।राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीहरु मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी ब्रत बस्छन्। पार्वतीले श्री स्वस्थानी परमेश्वरीको ब्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ।

उसै त कथा त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको ब्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो ब्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी ब्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधी नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ।

राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र समेत छ। शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल सम्वत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ। ब्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्री स्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ १५, १४: १८: ४३

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ १५, १४: १८: ४३

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ १५, १४: १८: ४३

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP