नयाँ विकल्प,
काठमाडौं – भारतस्थित भारतीय जनता पार्टी (भाजपा) को बिहार राज्यका प्रवक्ता अजफर साम्सीमाथि बुधबार एक व्यक्तिले गोली प्रहार गरेका छन् ।
भाजपाका बिहार प्रवक्ता अजफर साम्सीमाथि बुधबार एक व्यक्तिले गोली प्रहार गरेको बताइएको छ । गोली लागेर अजफर गम्भीर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
विहारस्थित जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । साम्सी सोही कलेजमा अध्यापन गराउँछन् । अजफरलाई गोली चलाउने व्यक्तिको नाम लल्लन प्रसाद भएको बताइएको छ ।
अभियुक्त लल्लन प्रसादलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जनाइएको छ । गत वर्ष मात्र सम्पैन्न विहार राज्य सभाको निर्वाचनमा सम्सीको भूमिका प्रभावकारी भएको बताइँदै आएको छ ।
नयाँ बिकल्प,काठमाडौं । सहकारीको नाममा सयौं सर्वसाधारणले बचत गरेको करोडौं रुपैया हिनामिना गर्ने राजाधानीको न्यूरोडस्थित धर्मपथको एयरटेल सहकारी संस्थाका सञ्चालकलाई...
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...