भक्तपुर । जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी छिन् ।
सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार १८३.३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिए । रु एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४८२ को बजेटमा भवन निर्माण शुरु गर्न लागेको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवन भूकम्प प्रतिरोधात्मक हुनेछ । भवनमा चारवटा लिफ्टको व्यवस्था रहने बताइएको छ । अदालतले आवासका लागि चार रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...