February 27, 2021, Saturday
म्यानमारमा फेरि सैंनिक ‘कूू’,

सर्वोच्च नेतृ सुुकी र राष्ट्रपति मिन्टलाई हिरासतमा, म्यानमारमा संकटकाल घोषणा



नयाँ विकल्प,

काठमाडौँ । पूर्वी एसीयाली मुलुक म्यानमार (वर्मा)मा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की सर्वोच्च नेतृ आङ सान सू कीलाई त्यहाँको सेनाले ‍आईतबार हिरासतमा लिएर एक वर्षसम्मको लागि देशमा संकटकाल घोषणा गरेको छ ।

सुकीको पार्टी एनडीएले वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका हो । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी एनएलडीले प्रचण्ड बहुुमतसहित विजयी भएको थियो ।

सेनाले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ । एनएलडीका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारीअनुसार सुकीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई सेनाले हिरासतमा लिएको छ।

राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति छ । राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष शासन गरेको थियो । सो समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् ।

प्रजातन्त्रको पुनस्स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा सुुकीलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ १९, १२: २८: १७

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ १९, १२: २८: १७

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ १९, १२: २८: १७

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP