June 20, 2021, Sunday

खप्तडछान्ना गाउँपालिकाले अपाङ्गता व्यक्तिलाई रेडियो र सिरक वितरण

बझाङ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ ।

गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो ।

गाउँपालिकाभित्र क, ख, ग, घ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिकरुपले अशक्त गाउँपालिकाभित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।

वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रमअन्तर्गत रेडियो र सिरक वितरण गरेको उनले बताए ।

पालिकाले यसअघि पनि ज्येष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो भने अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालीमसमेत दिएको थियो ।

गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञानविज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताए ।

उनीजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् ।

दुई सयको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गता सञ्जालसमेत गठन गरी उनीहरूको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ १९, १२: २९: ४६

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ १९, १२: २९: ४६

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ माघ १९, १२: २९: ४६

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

भर्खरै

TOP