June 20, 2021, Sunday

सौन्दर्य पेशा व्यावसायिक रूपमा नै फस्टाएको छ

पछिल्लो समयमा सौन्दर्य कलाको माग किन बढेको होला ?
यो सामान्य विधि नै हो । मानिसको पहिलो नजर कहाँ पर्ला ? उत्तर स्वाभाविक छ– अनुहारमा । अनुहार अनि शरीरमा देखिएको उसको सौन्दर्यले अरुलाई आकर्षण या विकर्षण के गर्छ भन्नेमा भर पर्छ । यस अर्थमा मानव जीवनमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ ।

हुन त आफू सुहाउँदो पहिरनमा चिटिक्क पर्ने, सुन्दर÷सुन्दरी देखिने चाहना हर मानिसको हुन्छ । अझ यस मामलामा पुरुषभन्दा महिला अग्रपंक्तिमा छन् । तर, सबैले चाहेर यस्तो रहर पूरा हुँदैन ।

कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिको पहिरनले । यद्यपि यी दुवै भएर पनि सौन्दर्यमा विशेष ध्यान दिइएन भने त्यो चाहिँ अपूर्ण नै हुन्छ । र त पछिल्ला दिनमा सौन्दर्य अपरिहार्य जस्तै बनेको छ–बालकदेखि बृद्धबृद्धासम्म । परिणाम त सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।


तपाईंले पनि किन यही क्षेत्र रोज्नुभयो ?
पहिलो त यो मेरो सानैदेखिको रुचिको विधा–क्षेत्र हो । दोस्रो, सौन्दर्य कलामा नै मैले आफ्नो भविष्य सुनौलो देखें । हुन पनि त्यस्तै भयो । अहिले अन्यको तुलनामा सौन्दर्य कलाको क्षेत्रमा नै नाम र दाम छ ।

फेरि सानैदेखि आफ्ना समकक्षीहरूको भन्दा मेरो सोच र सोख पृथक रह्यो । म पहिलेबाटै लवाइखवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थें । आकर्षक बन्न रुचाउथेँ ।

घर बस्दा होस् या स्कुल जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्– आफू अरुको तुलनामा फरक देखिन चाहन्थेँ । त्यसैले शरीर सुहाउँदो कपडा लगाउनेमात्रै होइन– त्यहीअनुसार मिल्दो श्रृंगार पनि गर्दथेँ । त्यतिबेलै मैले भविष्यको गन्तव्य पहिल्याउन थालेको हुँ । अन्ततः मेरो सपना साकार पनि भयो ।

तपाईं कहिले र कसरी सौन्दर्यकलाको क्षेत्रमा लाग्नुभयो ?
सौदर्यकलाकै क्षेत्रमा औपचारिक रुपमा एकाग्र भएर लागेको चाहिँ २०६३ सालबाट हो । २०६३ सालमा मैले काठमाडौं कालोपुलमा रहेको जुगल इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी पास गरें । त्यतिबेलै मैले आमालाई भनें– ‘म ब्युटिपार्लस सम्वन्धी प्रशिक्षण लिन्छु ।’

मैले त्यसो भन्दा आमाले बुबासँग सल्लाह गर्नुभएछ । अनि मलाई हुन्छ भन्नुभयो । जब उच्च शिक्षाका लागि म चाबहिलको ब्रिलियन्ट कलेज भर्ना भएँ, यससँगै सौन्दर्यकलाको क्षेत्रप्रति पूरापूर समर्पित भएँ ।

सुरुमा मैले आईटीसी ट्रेनिङ इष्टिच्युटबाट बेसिक, डिप्लोमा÷एड्भान्स र स्पेशल गरी एकवर्षे ब्युटीसियन तथा मेकअप आर्ट सम्बन्धी प्रशिक्षण लिएँ । यसलगत्तै कालोपुलमा आफैं ‘अमृता ब्युटी पार्लर’ खोलें । यस्तैमा केही समयपछि मेरो स्नातक तहसम्मको अध्ययन पनि पूरा भयो ।

कमाइको अवस्था कस्तो रह्यो ?
राम्रो हुन्थ्यो । म बिहान कलेज जान्थें । कलेजबाट फर्किँदा सेवाग्रहीको घुइँचोजस्तै हुन्थ्यो । कलेजका छात्रा, म्यामहरू, कर्मचारी, स्थानीय, परिचित÷अपरिचित केटी, युवती, महिला सवै आउनुहुन्थ्यो । अझै चाडपर्वका बेला त भ्याइनभ्याई हुन्थ्यो ।

पछि त्यतिबेलासम्मको सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक अनुभव सँगालेर २०६८ सालबाट सेवा विस्तार गरें । त्यसैलाई ‘अमृता ब्युटी पार्लर’ बाट ‘अमृता ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ बनाएँ ।

यो पेशाको भविष्य होला ?
भविश्य सुनौलो छ । किनभने यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले प्रशिक्षण लिन आउनेको संख्या पनि बढ्छ नै । फेरि मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन ।

मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन । त्यसैले आजभोलि मेकअप आर्टिस्टको माग क्रमशः बढ्दो छ । पहिलेजस्तो होइन, अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । विभिन्न संस्थामार्फत बाहिर प्रशिक्षण दिन जाँदा मनग्गे आम्दानी हुन्छ । कतिपय बेला त्यस्तै दुई÷अढाइ घण्टा मेकअप गरेबापत १५ देखि २० हजार रुपैयाँसम्म कमाइ हुन्छ ।

केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानवजीवनको लागि सौन्दर्य सिँगार अपरिहार्यजस्तै बनेको छ । र त सौन्दर्य पेशासमेत व्यावसायिक रूपमा नै दु्रत गतिमा फस्टाउन थालेको छ ।

अभिभावक वा श्रीमान्को कमाइबाट घर खर्च चलाउने, व्यक्तिगतदेखि भैपरी आउने कामको लागि श्रीमान्कै मुख ताक्ने महिलाहरू यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसीमात्रै बनेका छैनन्– समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् ।

अझ कतिपय त राम्रो कमाइपछि राजधानीमा नै घर बनाउन सफल भएका छन् । र त यो पेशाप्रति आकर्षण पनि बढ्दो छ । अहिले तत्काल त कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी, निषेधाज्ञा आदिले गर्दा केही असर पर्यो, परिरहेको छ । बिस्तार यो निवारण होला ।

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ १९, १२: ५०: १४

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ १९, १२: ५०: १४

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ १९, १२: ५०: १४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP