February 27, 2021, Saturday

इनुलाई सर्वोत्कृष्ट फेशन डिजाइनर अवार्ड

काठमाडौं । ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित ‘वुमन्स एरा एण्ड मिडिया ग्रुप नेपाल’द्वारा आयोजित ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ विशेष समारोहबीच सम्पन्न भएको छ ।

चर्चित र लोकप्रिय फेसन डिजाइनर इनु थापाले यस वर्षको ‘सर्वोत्कृष्ट फेशन डिजाइनर अवार्ड’ हात पारेकी छिन् । कार्यक्रममा संगीत र कला क्षेत्रमा लामो समय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरियो ।

वुमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राईको सभापतित्व र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायव महाप्रवन्धक आरती चटौत, बरिष्ठ हास्य कलाकार उत्तम केसी, गायक सीताराम पोखरेललगायतका अतिथिहरूले सम्मान तथा अवार्ड विजेताहरूको खुलेर प्रसंशा गरेका थिए ।

समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्साहन मिल्ने बताए । अवार्ड विजेता इनुले आफू गौरवान्वित भएको बताउँदै– ‘यस पुरस्कारले ममाथि अझै जिम्मेवारी थपिएको महशुस गरेको बताईन् ।’

उसो त फेसन डिजाइनर इनु फेसन डिजाइनरको माग र इज्जतसमेत बढ्दो देखेर नै करिब एक दशकअघि यस क्षेत्रमा औपचारिक प्रवेश गरेकी हुन् । नेपाली फेसन डिजाइनर हुनुको गर्व, समाज–राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व साबित गरेको उनले भनिन् ।

आफ्नो निःस्वार्थ गन्तव्यको पाइला अघि बढाउूदै शिखरतर्फको यात्रामा गौरवमय व्यक्तित्व बनाउने उनको लक्ष्य रहेको छ ।

पहिलेबाटै एउटै उद्देश्य बोकेर अनवरत रूपमा अघि बढिरहेकी छन् । भगवान्ले पनि ‘तँ आँट् म पु¥याउँछु’ भन्छन् रे, हो, यस्तै भयो उनी भन्छिन् । अर्थात् पर्दा पछाडि रहेर ‘सेलिबे्रटी’लाई थप सुन्दर÷सुन्दरी बनाउन ठूलो भूमिका खेलेकी लोकप्रिय फेसन डिजाइनर हुन् । जहाँ ‘सेलिब्रेटी’हरूको चर्चा हुन्छ– त्यहाँ स्वतः इनुको नाम जोडिन्छ ।

त्यसैले होला– देशभित्र मात्रै होइन, उनको फेसन डिजाइन कलाको विदेशमा पनि उत्तिकै माग, चर्चा–प्रशंसा छ । त्यसैले त राष्ट्रिय स्तरमा सम्पन्न विभिन्न प्रतियोगितामा भाग लिएर धेरै संस्थाबाट अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मानित छिन् इनु ।

हाल इनु आफ्नो पेशागत अनि विभिन्न सामाजिक संस्थामा आबद्ध छिन् । मुख्यतः अल–तिजारा बुटिक प्रा.लि. को अध्यक्ष, वैदिक टुर्स एण्ड ट्राभल्सको प्रबन्ध निर्देशक, नेपाल जेसिसको तर्फबाट नेपालका लागि कार्यक्रम संयोजक, बालबालिकाको हितमा काम गर्ने संस्था किवानिस नेपाल होराइजनकी उपाध्यक्ष रहेकी छिन् ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ १९, १२: ५४: २८

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ १९, १२: ५४: २८

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ १९, १२: ५४: २८

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP