May 6, 2021, Thursday
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२१

फुलारालाई सर्वोत्कृष्ट छायाँकार अवार्ड

काठमाडौं । ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२१’ अन्तर्गत यस वर्षको सर्वोत्कृष्ट छायाँकार अवार्ड (वृत्तचित्र) युवा छायाँकार खेमराज फुलाराले प्राप्त गरेका छन् ।

गत शुक्रवार राजधानीको होटल अर्यालमा सम्पन्न विशेष कार्यक्रममा दर्जनौ प्रतिस्पर्धीलाई पछि पार्दै फुलाराले सो अवार्ड पाएका हुन् । ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित वमन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रमा योगदान गर्ने बरिष्ठ व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ कलाकार लय संग्रौला र मोहन निरौलाले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । अवार्ड प्रतियोगितामा विश्वका विभिन्न देशबाट नेपाली गीत–संगीत एवम् चलचित्र क्षेत्रमा सक्रिय स्रष्टा सहभागी रहेका थिए ।

अवार्ड वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि आकाश अधिकारीले–‘पुरस्कृत फुलाराको छायांकन क्षेत्रप्रतिको सक्रियता र सफलता तारिफयोग्य छ भनेर प्रशंसा गरेका थिए ।’ अवार्ड पुरस्कृत फुलाराले पनि कार्यक्रम आयोजक र जुरी कमिटीलाई धन्यवाद दिनुहुँदै पुरस्कारले काममा आफू थप उत्साहित भएको बताए ।

उसो त अवार्ड विजेता फुलारा खेमराजले भविष्यको गन्तव्य त्यतिबेलै पहिल्याएका हो– जतिबेला उनी कक्षा ६÷७ मा अध्ययनरत थिए । तर, उनको पेशागत सपना साकारका लागि ग्रामीण परिवेश अनुकुल भएन । र पनि चलचित्र कसरी र कहाँ खिचिन्छ होला, कसरी तयार हुन्छ होला, अनि कुन प्रकारले देखाइएला भन्ने कौतुहल उनको मानसपटलमा झम्टिरहन्थ्यो ।

क्यामेरा र चलचित्रसम्बन्धी चासो बाल्यकालबाटै बढेको हो । विद्यालयको पढाइ सकिनै लाग्दा भने कुशल छायाकार÷सम्पादक बन्ने शोख जाग्यो । जब उनी उच्च शिक्षा अध्ययनमा पाइला टेक्न थाले– तब आफ्नो सानैदेखिको सोखलाई पूर्णता दिन उनी लागे । उच्च शिक्षा अध्ययनसँगै विभिन्न श्रेणीमा एक वर्ष भिडियोग्राफी सम्बन्धी प्रशिक्षण लिए ।

त्यसपछि त क्रमशः व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो, सन्देशमूलक भिडियो, टेलिचलचित्र आदिका लागि छायांकन गर्न थाले । सुरुमा उनले ‘लिंगा, कञ्चनपुर’, ‘गोदावरी, कैलाली’, ‘बद्रीकेदार, डोटी’, ‘चुडी, डोटी’, वृत्तचित्रको छायांकन तथा सम्पादन गरेका थिए ।

त्यसमा सफलता हासिल गरेर नै उनलाई एक दर्जनभन्दा बढी म्युजिक भिडियो र ‘मिसन’, ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ’, लगायत टेलिचलचित्र छायांकन तथा सम्पादनको प्रस्ताव आयो ।

त्यो जिम्मेवारी पनि खेमराजले उत्कृष्ट ढंगले वहन गरे । अहिले छायांकन÷सम्पादनमा ‘उग्रतारा, डडेल्धुरा’, ‘घटाल, डडेल्धुरा’, ‘शैलेश्वरी, सिलगढी’ आदि ऐतिहासिक वृत्तचित्र सार्वजनिक हुने संघारमा छन् ।

भिडियो क्यामेराप्रति दत्तचित्त भएर लागेको यो ११÷१२ वर्षको यो अवधिमा उनले एक सयजति व्यक्तिचित्र, त्यति नै वृत्तचित्र, दर्जनभन्दा बढी टेलिचलचित्र र सन्देशमूलक विज्ञापनको छायांकन÷सम्पादन गरेका छन् ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ माघ १९, १२: ५८: २१

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ माघ १९, १२: ५८: २१

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ माघ १९, १२: ५८: २१

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP