February 27, 2021, Saturday

सरकारकै संरक्षणमा मुलुकमा कालाेबजारी भैरहेकाे छ !


नयाँ विकल्प

काठमाडाैं- केशव घिमिरे उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष तथा सफल व्यवसायी हुन् । घिमिरे सधैं व्यवसायीहरुको हकहितका लागि आवाज बुलन्द गर्ने स्पष्ट वक्ता र कर्मठ व्यक्तिको रुपमा चिनिन्छन् । उनलाई सधैं व्यवसायीका सामानहरु कसरी जिल्ला भित्र्याउने भन्ने चिन्ताले सताइरहेको बताउँछन् ।

उनी ढुवानीका गाडीहरुलाई सधैं प्रशासनले गिद्दे दृष्टि लगाउने गरेकोप्रति दुःखेसो पोख्छन् । रामेछापको प्रशासनले व्यापारीहरुलाई अपराधीको रुपमा लिने गरेकोमा आक्रोस व्यक्त गर्दछन् । व्यापारीका सामान देख्नेबित्तिकै सवारी साधनलाई रातिको ९ बजेपछि जान पाउने भनेर रोकिदिने र विभिन्न बहानामा पैसा असुल्ने गरेकोमा दुखी छन् । ढुवानीका साधनलाई राति ९ बजेपछि समय दिइएकाले सवारी भाडा महंगो भएकोप्रति आक्रोश व्यक्त गर्दछन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर नयाँ विकल्पकका लागि कालिका महतले गरेको कुराकानीको संपादित अंशः

उद्योग वाणिज्य संघ रामेछापको व्यवसाय कसरी चलिरहेको छ ?

अहिले कामहरु विस्तारै विस्तारै सरल ढंगबाट अगाडि बढिराखेको छ । कोभिड पहिलाभन्दा अहिले देशभरि नै व्यवसाय सुधारिएको अवस्थामा आएको छ । फेरि नयाँ किसिमको भाइरस आउँछ भन्ने हल्लाले मन डराइरहेको छ । त्यसैले सबैले सतर्क भएर व्यवसाय सञ्चालन गरिराखेका छन् ।

कोरोनाले ठप्प भएका व्यवसाय कसरी सञ्चालनमा ल्याउनुभएको छ ?

पहिलाको भन्दा अलि सहज नै भएको छ । सहयोगको लागि केही प्याकेजका कार्यक्रमहरु प्राप्त भएका थिए । ती प्याकेजमा लोन लिने सुविधा छ । नेपाल सरकारले हरेक किसिमको विक्रि वितरणमा व्यवसायीहरुलाई सहयोग गर्नका लागि उपलब्ध गराएका छन् । मंसिरदेखि अलि खुल्ला रुपमा कामहरु भइरहेका छन् । उद्योग व्यवसाय पहिलाको भन्दा धेरै खुलेको छ । विस्तारै सहज अवस्थातिर उन्मुख छ ।

नयाँ भाइरसको हल्लाले व्यवसायीहरु फेरि आतंकित हुन थालेका छैनन् ?

कोरोनाले विश्वभरि मानिसहरु त्रसित भए । धेरै मान्छेको मृत्यु पनि भयो । हामीले मिडियामा सुन्दा धेरैले मृत्युवरण गरेका छन् । यति हुँदाहुँदै पनि हाम्रो देशमा अन्य देशको तुलनामा सहज जस्तै थियो । अभैm बाहिरबाट आउनेको लागि रोकथाम जारी नै भइरहेको छ । बाहिराबाट आउने नाकाहरुमा कडाइँ पनि भइरहेको छ । डर त्रास नभएको अवस्था अहिले पनि छैनन् ।

उद्योग क्षेत्रलाई सरकारबाट कस्तो सहयोेग पाउनुभयो ?

खासै सहयोग पाइएन । काम गर्नको लागि अलिअलि छुट मात्र भएको हो । राज्यपक्षबाट धेरै सहयोग पाउने घोषणा भएको थियो । त्यो घोषणापत्रमै सीमित रह्यो । सहयोग र प्याकेज भन्ने कुरा ‘व्यवहार सुन्य, हल्ला बढी’ भयो । जसरी प्रचारवाजी गरियो त्यसरी उपलब्ध भएन ।

रामेछापमा उद्योग, व्यवसाय सञ्चालमा कत्तिको सहज छ ?

यहाँ उद्योग, व्यवसाय सञ्चालन गर्न राज्यपक्षबाट सहज होइन अप्ठ्यारो बनाउने काम भइराखेको छ । किनभने हामीले उद्योग सञ्चालन गर्नका लागि बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्छ । सामान ल्याउने नाका भनेको सिन्धुली हो । सिन्धुली राजमार्ग राति ९ बजे पछि मात्रै खुल्ला हुन्छ । राति खुल्ला गर्दा पनि प्रशानले विभिन्न दुःख दिन्छन् । कलिकति सामान बढी भयो भने गाडी छिर्नै प्रतिबन्ध लगाइदिन्छ । दिउँसो सामान ढुवानीका गाडीहरु रोकिन्छ । सामान ल्याउन असहज भएपछि उहाँ कसैले उद्योग खोल्दैनन् । लगानी पनि कसैले गर्दैनन् । प्रशासनले रामेछापलाई हिमाली पारिको जिल्ला जस्तो ठानेको छ ।

सडक साँघुरो भएर ढुवानीका गाडी प्रतिबन्धन लगाएको हो ?

नेपालको सडकहरु सबैतिर साँघुरै त छन् नि । रामेछापको मात्रै साँघुरो भएको होइन । तर, राज्यले खेदो गर्ने काम रामेछापलाई मात्रै गरेको छ । अरु पहाडी जिल्लाको बाटोको तुलनामा वीपी राजमार्ग भन्दा हजारौ गुणा बलियो देखिन्छ । छिमेकी जिल्ला भएका साथीहरुको प्रभावले पनि हुन सक्छ । स्थानीय सरकार र सुरक्षा निकायको कारणले नै हामीलाई व्यवसाय सञ्चालमा एकदमै कठिन भएको छ । १६ सय टनको गाडी गुड्न पाउने ठाउँमा १४ देखि १२ सय टनको मात्रै अनुमति छ । त्यो पनि विभिन्न बहानामा रोक्ने काम गरिन्छ । तोकिएको मापदण्ड पालना गरेर सामान ढुवानीका साधन ल्याउँदा पनि वाधा, अड्चन पु¥याइन्छ । एक बोरा सामान बढी हुँदा पनि हामीले पाँच हजारसम्म जरिवना तिर्नुपर्छ ।

कोरोनापछि भित्रभित्रै मूल्य वृद्धि भइरहेको छ, उद्योगीहरुबाटै भएको कि विचौलियाको कारण हो ?

यो सबै राज्यपक्षको कारणले भएको हो । व्यवसायमा कालाबजारी र विचौलिया जन्माउने काम राज्यपक्षबाटै भएको छ । उद्योग वाणिज्य संघले मूल्यबृद्धिको कुनै घोषणा गरेको छैन । राज्यको आडमा बिचौलियाबाट यस्तो काम भइरहेको छ । यस विषयमा हामीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका छौं । सामान ल्याउन राति ९ बजेपछि जाऊ भन्दा त्यसको विरुद्धमा आन्दोलन गर्दा उल्टै मुद्दा लगाउने काम गरियो । उद्योगी, व्यवसायीहरुले सहज रुपमा सामान ल्याउन पाए भने उपभोक्तालाई पनि सहज हुन्छ । कृतिम अभाव पनि हुँदैन । बिचौलिया र काला बजारियाले खेल्ने ठाउँ पनि पाउँदैनन् ।

त्यसोभए रामेछापका व्यवसायी र नागरिकहरु राज्यपक्षबाटै पीडित छन् हो ?

यहाँ राजनीतिक दलहरु पनि छन् । तिनका ध्यान पनि यो विषयमा पुगेको पाइँदैन । उहाँहरुको पहुच नपुगेको कारणले नै होला । त्यति शक्तिशाली नभएको काराणले गर्दा पनि होला । त्यहाँ ठूलो गाडीको कारणले मान्छेको भनाइले गर्दा नभएको हो ।

राज्यपक्षबाट त्यहाँका व्यवसायीहरु अप्ठ्यारा पार्ने काम भएको हो ?

प्रशासन हामीलाई ९ बजे अगाडि छिर्न दिदैन ९ बजे पछाडि ल्याउदा पनि विभिन्न बहानामा प्रशासनले दुःख दिने, पैसा माग्ने जस्ता काम गरेर हैरान पारेको छ । । रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म हिँड्न गाह्रो हुन्छ ।

त्यसो भए राति त गाडी छोड्नुपर्यो हैन तपाईहरुलाई ?

ठूला मान्छेहरुलाई हिँड्न दिउँसो पनि छोड्ने गरिन्छ । हामी व्यवसायहरुका लागि राति पनि छोड्न गाह्रो मान्ने ? थोरै लोड भयो भने पनि विभिन्न बहानामा दुःख दिने रोकिने गरेर बाधा पु¥याइरहेका हुन्छन् । धेरै ल्याउँदा सस्तो पर्ने भएकाले ठूलो गाडी छोडिएदेखि हाम्रो लागि राम्रो हुन्थ्यो । सबै नछोडे पनि दिनमा बीस वटा त छोड्दिनुपर्छ । त्यो सम्म अधिकार हामीले पाएनौ । रामेछाप आउने गाडी भनेपछि सिन्धुलीको भिमानमै रोकिन्छन् ।

व्यवसायलाई अप्ठ्यारो पार्ने काम प्रशासनले गरेको छ हो ?

प्रशासनिक अर्घेल्याइँका कारण व्यवसायी, नागरिक समाज र सर्वसाधारणले रहेक खानामा १ रुपैयाँ महंगो तिर्नुपर्छ । एउटा नागरिकले दिनभरि खाने हरेक खानामा १ रुपैयाँ बढी तिर्नुपर्दा कति मार पर्छ ? ढुवानीका गाडी राति मात्रै चल्ने भएपछि भाडा महंगो हुन्छ । लोडअनलोड पनि महंगो हुन्छ । राति गाडी आएपछि रातिनै खाली गरेर फर्किनुपर्छ । नत्र भोलिपल्ट दिनभर बस्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि जुनपायो त्यहीं गाडी आउन मान्दैनन् । राति चल्ने भन्ने बित्तिकै बढी भाडा तिर्नुपर्छ । अनि ढुवानी महंगो भएपछि स्वतह सामान महंगो हुने भयो । त्यसले ढुवानी असहजका कारण व्यवसायीसँगै उपभोक्ता पनि मारमा परेका छन् ।

त्यसोभए राज्यले रामेछापलाई बाटो भएर पनि ढुवानी सहज गराउन सकेन हो ?

खाद्य सामाग्री ल्याउन राज्यले जसरी असहज गरेको छ । त्यसले उपभोक्ता बढी मारमा परेका छन् । किनभने रामेछाप भनेको पहिलादेखि सुख्खा जमीन भएको ठाउँ हो । यहाँ खेतियोग्य जमीन भएपछि सिंचाईको राम्रो व्यवस्था छैन । त्यसकारण उत्पादन कम हुन्छ । त्यसले यहाँ खाद्य सामाग्री बाहिरबाट ल्याउनु पर्छ । त्यसको लागि ढुवानी सहज हुनुपर्ने हो । त्यो नहुँदा खद्यान्नमा महंगी हुनु स्वभाविक हो ।

जनतामा संघीयताको कुनै अनुभूति भएन त्यसोभए ?

यहाँका व्यवसायी तथा सर्वसाधारणलाई सुविधा होस् भनेर संघीय सरकारले पनि केही बजेट त छुट्ट्याएको हो । तर, बाटोघाटोको लागि कुनै प्रभावकारिता भएको छैन । रामेछापका धेरै बजेट बाटाको लागि छुट्ट्याएको छ । जिल्लामा भित्री बाटा नबढेका पनि होइनन् । तर, बाहिरबाट गाडी आउन मुख्य व्यापारिक नाका भनेको सिन्धुली हो ।

त्यहाँबाट ढुवानीका गाडी पास हुन एकदमै कठिन छ । संघीय सरकारले सिन्धुलीको लागि छुट्याएको बजेट सिन्धुली र रामेछापको लागि छुट्ट्याएको बजेट रामेछापको लागि खर्च गर्छ । बाटोको अधिकार जमीनसँग हुन्छ, संघीयतासँग हुँदैन । यसमा राज्यले सकारात्मक भूमिका खेल्नुपर्छ । हरेक सामानहरु हामी आफंैले ल्याउन पाउनुपर्छ । त्यसको लागि राज्यले बाटोको सुविधा दिनुपर्यो ।

रामेछापमा स्थानीय जडिबुटीको कत्तिको सम्भावना छ ?

यहाँ प्रशस्त मात्रामा जडिबूटीहरु छन् । ती महत्वपूर्ण जडिबूटीहरु त्यसै कुहिएर, सडेर खेर गइरहेका छन् । किनभने उत्पादनको सामान प्राप्त गर्न गाडी चाहिन्छ । ठूलो खालको बाटो चाहियो । त्यसलाई ठूलो बजारमा पु¥याउनको लागि ठुलै च्यानलको कनेक्सन हुनुपर्छ । त्यसको वातावरण नमिलेपछि त्यसै खेर गएका छन् । बल्लतल्ल उत्पादन भइहाले पनि बजर विस्तारमा कठिनाइ हुन्छ ।
राज्य पक्षबाट करमा केही छुट भएन ?

राज्यपक्षबाट केही छुट दिइएको जस्तो गरियो । राज्यले दिएको अन्य नागरिकले पाउने सुविधा पाइरहेकै छौँ । करमा छुट नहुने त कुरै नै आएन । सरकारी कार्यालयबाट राज्यले दिएको सुविधा छुट पाइरहेकै छ ।

तपाईलाई भोट हाल्ने र चुनावको बेलामा समर्थन गर्नेलाई के भन्न चाहनुहुन्छ आगामी दिनको लागि ?

मलाई भोट हाल्ने नहाल्नेहरुलाई सबैलाई के भन्न चाहन्छु भने कोभिडको कहर अभैm सकिएको छैन । सतर्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुहोला । राज्यले तोकेको नियमकानुन पालना गर्न आग्रह गर्दछु । सेनिटाइज गर्ने, तातो पानी खाने, मास्क लगाउने जस्ता काम गर्नुहोला भन्न चाहन्छु । व्यवसायी, व्यापरीहरुलाई सचेतना सम्बन्धी ज्ञान दिलाउने । आफूँ पनि बाँच्ने र अरुलाई पनि बँचाउने । आफू बाँचेपछि त अरुलाई बचाउन सकिन्छ । अडिएर व्यवसाय गर्नुहोला । स्वास्थ्यलाई ख्याल राखेर अगाडि बढ्दै जानुहोला

उपभोक्ताहरुलाई सामान ढिलासुस्ती हुँदा समस्या हुँदैन ?

हामीका आएका उपभोक्ताहरुमा केही कुरा गलत हुन जान्छन् । हाम्रा कुराहरु पनि गलत हुनसक्छन् । तर सकेसम्म रामेछापका व्यवसायीहरुले उपभोक्ताहरुलाई सहज र सस्तो रुपमा उपलब्ध गराउन प्रयास गरेका छौं । हामीले खरिद गरेका सामानहरु सहज र सस्तो सामान निर्यात गरिराखेकै छौं ।

यहाँहरुले सामान खरिद गर्दा आफूलाई चाहिने मात्रामा नफ्याक्ने हिसाबले ठिक्क खरिद गर्नुहोला । समानमा कालोबजारी भएतापनि संवेधनशील भएर सामान खरिद गर्ने । कालोबजारीको शंका लाग्छ भने प्रशासन कार्यलयमा आएर सम्र्पक गर्नुहोस् । व्यवसायीहरुले तल माथि गरेमा छलफल गरेर सल्लाह सुझाव दिन्छौ । यसरी नै अगाडि बढ्न उपभोक्तालाई सझुाव दिन्छु ।

बिचौलियाहरुले कृतिम अभाव सिर्जना गरेको पाउनुभयो भने कस्तो कारबाही गर्नुहुन्छ ?

रामेछापमा दुईवटा नगरपालिका र अरु गाउँपालिकाहरु छन् । अहिले विभिन्न ठाउँमा बजरीकरण भइसकेका छन् । ती ठाउँका बजारमा उद्योग वाणिज्य महासंघले मूल्य नियन्त्रणको काम गरिरहेको छ । सबै बजारका साथीहरुले हाम्रो सामान खरिद गरेर उपभोक्तालाई सहज र सरल रुपमा उपलब्ध गराइराख्नु भएको छ । सामान अभावले कृतिम अभाव सिर्जना गर्नेलाई उद्योग वाणिज्य संघले नियालिरहेको हुन्छ ।

सकेसम्म समान अभाव हुन नदिन के गर्नुपर्छ, सामान कहाँबाट ल्याउनुपर्छ त्यसको परिपूर्तिको लागि उद्योग वाणिज्य संघ दत्तचित्त भएर लागिपरेको हुन्छ । व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि हामी जतिबेला पनि तयार छौं । कृतिम अभाव सिर्जना भइहाल्यो भने जिल्ला समितिले हेर्छ । कालाबजारीको हामी बेला–बेलामा अनुगमन गरिराखेका हुन्छौं । यहाँ अहिलेसम्म कतिम अभाव सिर्जना गरेर कालाबजारी भएको गुनासो आएको छैन ।

सबैतिर विचौलियाको बिगबिगी छ रामेछापमा कत्तिको समस्या छ ?

नेपाल अतिराज्यभरि विचौलियाहरु नभएको कुनै ठाउँ छैन । नेपाल जुनसुकै काम गर्ने पनि विचौलियाले नै हो । हाम्रो देशमा यो रोग नै हो । उनीहरुलाई नलाग भन्न पनि सकिँदैन । आम नागरिकलाई त्यस्ता व्यक्तिहरुबाट सतर्क भएर काम गर्न आवहन गर्दछु । यदि त्यस्तो भएको खण्डमा सकेसम्म जहाँबाट हुन्छ प्रशासनमा खबर गर्नुहोला । हामी हामी कारबाहीको लागि तयार छौं । त्यस्तो समस्या देखिएमा छिटोभन्दा छिटो कारबाही गर्न तयार छौं ।


अन्त्यमा केन्द्रविन्दुमा रहेको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु केशव घिमिरे उद्योग वाणिज्य संघ, रामेछाप का अध्यक्ष हुन् ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ १९, १४: ३१: ४९

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ १९, १४: ३१: ४९

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ १९, १४: ३१: ४९

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP