काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सूकीलाई तत्काल रिहा गर्न म्यामारको सैन्य नेतृत्वसँग आग्रह गरेका छन् ।
सभापति देउवाले सोमबार सामाजि सञ्जाल ट्विटरमार्फत सुकीलाई तत्काल रिहा गर्न म्यानमारको सेनासँग आग्रह गरेका हुन् । ‘म्यानमारको सेनालाई आङ सान सुकीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनस्र्थापना गर्न नेपाली कांग्रेस आग्रह गर्दछ’, सभापति देउवाले भनेका छन् ।
म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सुकीलगायतका राजनीतिक दलका शीर्ष नेता, मुख्यमन्त्री र सरकारी अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो ।
म्यानमारमा सेनाले सैन्य कू गरि निर्वाचति सरकार अपदस्थ गर्नुको कारण सरकार असफल भएर जनाएको छ । सेनाले एक वर्षका लागि मुलुक नियन्त्रणमा लिएको जनाएको छ ।
म्यानमारको सैन्य नेतृत्वको सो कदमको संयुक्त राज्य अमेरिकाले विरोध जनाउँदै सुचीलाई तत्काल रिहा गरी निर्वाचित सरकार पुनस्र्थापना गर्न माग गरेको छ । सुकीलाई रिहा गर्ने र निर्वाचित सरकार पुनस्र्थापना गर्ने काम नगरे अमेरिकाले ‘एक्सन’ लिने चेतावनी दिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनपछिको पहिलो संसद् बैठक बस्नुअघि सोमबार बिहान सेनाले सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको थियो ।
सेनाले कोरोना महामारी बढेको भन्दै निर्वाचन सार्न आग्रह गर्दा समेत सरकारले निर्वाचन गराएको थियो । निर्वाचनमा सुकीको पार्टीले चार सय ७६ मध्ये तीन सय ९६ सिट जितेको थियो । सेनाले निर्वाचनलाई धाँधलीको संज्ञा दिएको थियो ।
सोमबार बिहान निर्वाचनको मतपरिणामपछि बस्न लागेको पहिलो संसद अधिवेशन अघि सेनाले सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको हो । म्यानमारका सञ्चारमाध्यमहरुमा पनि सेना परिचालन गरिएका छन् ।
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे...
नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...
नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...