नयाँ विकल्प,
काठमाण्डौं । – सोमबार दिउँसो माइतिघर मण्डला छेउकै सडकमा अनौठो दृष्य देखियो । एक हुल विद्यार्थी कालो कपडामा बेरेर एकपछि अर्को गर्दै सडकमै सुत्न थाले । उनीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शनमा उत्रिए ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीको शरिरमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधस्वरुप ‘प्रतिगमन’ लेखिएका कालो कपडा थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांँग्रेस निकटको नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको दृष्य थियो, त्यो ।
युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली – मुर्दावाद, खोक्रो राष्ट्रवाद – बन्द गर, असंवैधानिक कदम –खारेज गर, विद्यार्थीको एउटै स्वर– सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका ‘प्ले कार्ड’ प्रदर्शन गरे ।
उक्त बिरोध प्रदर्शनका क्रममा नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले केपी ओलीले भ्रष्टाचार लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको यस्तो प्रतिगामी कदमको विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाए ।
नेविसंघ शंकरदेव क्याम्पसद्वारा आयोजीत प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमको संयोजन नेता दिपक ओझाले गरेका थिए ।
बिभिन्न रचनात्मक दृष्य प्रतिकात्मक नारासहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा, सुदिप बनाडी, दिल सैनाई,सुनिल पराजुली,आदित्य काफ्ले लगायतका युवाहरु सडकमा सुतेका थिए ।
नेविसंघका नेता मिलन खतिवडाले सन्चालन गरेको बिरोध सभामा संघका महामन्त्री युबराज पाण्डे, पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट, रत्नहरी ढुंगेल, बिपिन अधिकारी लगाएतले असंबैधानिक कदमका बिरुद्ध शसक्त प्रतिबाद गर्ने बताए ।
नेबिसंघले मंगलबार केन्द्रीय परिपत्र बमोजिम देशभर दौड जुलुस आयोजना गर्न लागेको महामन्त्री तिमल्सिनाले जनाए ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...