June 20, 2021, Sunday
संघीयताकाे मर्म विपरित केन्द्रीय मन्त्रीकाे अभिब्यक्ति

प्रदेश र स्थानीय तह संघीय सरकारकै अङ्ग हुनः मन्त्री ठगुन्ना

नयाँ विकल्प

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताकाे मर्म विपरित प्रदेश सरकार केन्द्रीय सरकारकाे प्रशासनीक निकाय रहेकाे अभिब्यक्ती दिएकाे घटना सेलाउन नपाउदै उनका मन्त्रीले प्रदेश र स्थानीय सरकार केन्द्र मातहतका अंग भएकाे विवादास्पद अभिब्यक्ति दिएका छन् ।

नेपालकाे संविधानले स्थानीय सरकार र प्रदेश सरकार स्वायत्त रहने ब्यावस्था गरेकाे छ । तर यसलाइ केन्द्र सरकारले स्विकार नगर्दा संघीयता नै घराममा पर्न लागेकाे बताइदै आएकाे छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उनले सङ्घीय नीति, ऐन, कानूनअन्तर्गत नै प्रदेश र स्थानीय तहका नीति, ऐन, कानून निर्माण हुने भएकाले सोहीअनुसार काम गर्नुपर्नेमा कुनै भ्रम नराख्न आग्रह गरे ।

समृद्ध नेपाल निर्माणका लागि काम गर्न निर्देशन दिँदै कानूनी पालनामा ध्यान दिन आग्रह गरे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती प्रसाशन सञ्चालनका लागि कर्मचारीहरुमा ज्ञानको अभाव नरहे पनि त्यसको प्रयोगका सन्दर्भमा देखिएका खाडललाई चिरेर जनताको सेवामा समर्पित हुन आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले कर्मचारीतन्त्रको गरिमा राख्ने गरी नयाँ परिवेशअनुसार काम गर्नुपर्ने बताए । प्रतिष्ठानका उपकार्यकारी निर्देशक नारायणगोपाल मलेगोले सार्वजनिक क्षेत्रको क्षमता विकासमा प्रतिष्ठानले अग्रणी भूमिका खेल्दै आएको बताए । निजामती सेवामा हालै ६४ उपसचिवको नियुक्ति भएको छ ।

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ २०, १२: १७: ३३

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ २०, १२: १७: ३३

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ २०, १२: १७: ३३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP