May 12, 2021, Wednesday

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ६ महिनापछिकै न्युन

नयाँ विकल्प

एजेन्सी- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ ।

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ । यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए । भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । विश्वभरी धेरै सङ्क्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा सङ्क्रमित रहेका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना सङ्क्रमित भएका छन् ।

त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा सङ्क्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख ६ हजारको कोरोना संक्रमणबाट मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २०, १३: ४९: ३३

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २०, १३: ४९: ३३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २०, १३: ४९: ३३

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP