नयाँ बिकल्प,
काठमाडौं – संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायको प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष र सदस्य गरी ३८ जनालाई नियुक्तिका लागि सिफारिस गरिएकाहरुले बुधबार सपथ लिएका छन् ।
गत मंसिर ३० गतेको संवैधानिक परिषदको बैठकले ११ वटा संवैधानिक निकायका ३८ जनालाई प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष र सदस्य पदमा नियुक्तिको लागि संसदीय सुनुवाई समितिमा सिफारिस गरे पनि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार सक्कल प्रति नै फिर्ता गराएका थिए ।
संघीय संसदको प्रतिनिधिसभा विघटन भएको अवस्थामा समिति क्रियाशिल हुन नसकेकाले सिफारिस भइ आएका व्यक्तिहरुको संसदीय सुनुवाई हुन नसक्ने भन्दै सापकोटाले परिषद् सचिवालयमा पत्र फिर्ता गरेको पर्सीपल्टै उनीहरुको बुधबार विहान सपथ भएको हो ।
संसदीय सुनुुवाई समितिले ४५ दिन भित्र पनि सिफारिस भएको संवैधानिक निकायको पदाधिकारी र सदस्यको नाम सुनुवाई गरी सिफारिस नगरेमा ४५ दिनपछि सपथ गराउन सक्ने प्रावधान रहेको छ ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको उपस्थितिमा सिफारिस भएका ३८ जनामध्ये ३७ जनालाई सपथ गराईएको थियो ।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा संवैधानिक निकायका प्रमुखलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ गराएका थिए ।
सिफारिस भएकामध्ये थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी भने बर्दियामा छोरीको विवाहमा सहभागी हुन गएकाले सपथग्रहणमा सहभागी हुन नसकेको जनाइएको छ ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएका थिएनन् । बुधबार अख्तियारका प्रमुख आयुक्तमा नियुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्दले समेत सपथ लिएका थिए ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...