February 27, 2021, Saturday

जो अभियुक्त, उही अख्तियारकै प्रमुख आयुक्त !


नयाँ विकल्प,


काठमाडौं – नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरण नेपालका पछिल्ला ठूला भ्रष्टाचारका घटना हुन् । यी दुई ठूला भ्रष्ट्राचारमा मुछिएका पूर्वसचिव प्रेमकुमार राई भ्रष्ट्राचार निवारण गर्ने सर्वोच्च निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका छन् ।

नेपाल वायुसेवा निगमको अध्यक्ष हुँदा प्रेमकुमार राईले बिचौलियामार्फत वाइडबडी जहाज खरिद गर्न प्रक्रिया अघि बढाएका थिए । पारदर्शी प्रस्तावबिना जहाज खरिदका लागि निगमलाई ऋण दिने वेला उनी सञ्चय कोषको अध्यक्ष बन्न पुगेका थिए । अब छानबिन गर्ने वेला अख्तियारको प्रमुख आयुक्त भएका छन  ।

राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन । आपूर्ति सचिवको रूपमा राई आयल निगमको अध्यक्ष हुँदा एक अर्ब ६ करोड भ्रष्टाचारको फाइल आयोगमा थन्किएको छ ।

राई पर्यटन सचिव रहेका बेला वायुसेवा निगमको अध्यक्षको हैसियतले वाइडबडी खरिदमा जोडिएका थिए । वाइडबडी खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको थियो  ।

सो भ्रष्ट्रचारको विषय अख्तियारमा अनुसन्धान भैरहेको बेला मुख्य अभियुक्त आरोप लागेका राई प्रमुख आयुक्तमा सिफारिस भएका हून । ३० मंसिर २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा राईसहित ११ बटा संवैधानीक निकायका ३८ जनाले सपथ लिएका थिए ।

सिफारिस भएकामध्ये थारु आयोगको अध्यक्षमा सिफारिस भएका विष्णुप्रसाद चौधरीबाहेक ३७ जनाले राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा बुधबार प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएका छन् ।

पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिव तथा नेपाल वायुसेवा निगमको अध्यक्ष हुँदा राईले वाइडबडि खरिदगर्ने निर्णय गराउँदा प्रतिस्पर्धाविना सिधै बिचौलिया कम्पनीमार्फत विमान खरिदको निर्णय गराए । कर्मचारी संचय कोषको ऋणमा खरिद गरिएको वाईडबडीको रकम भुक्तानीको वेला उनै राइ कर्मचारी संचय कोष पुगेर ऋण स्विकृत गराए ।

१० माघ ०७२ देखि २६ भदौ ०७३ सम्म राई पर्यटन मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए । मन्त्रालयको सचिव निगमको स्वतहः अध्यक्षको हुने ब्यावस्था छ  ।

तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री आनन्द पोखरेलले राईलाइ पर्यटन मन्त्रालयमा तानेका थिए । २ वैशाख ०७३ मा राईको अध्यक्षतामा बसेको निगम सञ्चालक समिति बैठकले ‘विमान खरिदको प्रक्रिया अघि बढाउने र त्यसका लागि उपसमिति गठन गर्ने’ निर्णय गरेको थियो ।

४ माघ ०७२ मा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा विधिसम्बत गठित उपसमिति निष्कृय पादै राइले अर्को उपसमिति मार्फत विमान खरिदको प्रक्रिया अघि बढाएका थिए ।

२६ जेठ २०७४ मा बसेको सञ्चयकोष सञ्चालक समितिको बैठकले ऋण दिने प्रस्ताव स्विकार गरेको थियो । दुई दिनपछि २८ जेठ २०७४ मा निमग र कोषबीच ऋण सम्झौता भएको थियो ।

राईको अध्यक्षमा बसेको निगमको बैठकले जहाज खरिद गर्न उपसमिति खडा गर्यो , राईकै अध्यक्षतामा बसेको सञ्चय कोषको बैठकले निगमलाई ऋण दिने निर्णय पनि गर्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा राईले सम्पुर्ण काम अघि बढाए।

ओलीको सिफारिसमा राई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका छन् । वाइडबडी भ्रष्टाचारबारे छानबिन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको कारबाही सिफारिस जसमा प्रेमकुमार राईको पनि नाम उल्लेख गरिएको थियो तर उनको नाम काटेर फाइल अख्तियारमा पठाईएको थियो ।

राई यो प्रकरणमा मुछिएकाले उनी विरुद्वको छानविन हुनुपर्छ । लेखा समितिको उपसमितिको भएको छलफलमा ओली पक्षका सांसदले राईको बचाउमा उत्रैपछि चर्को विरोध भयो ।

उपसमितिका संयोजक रहेका राजेन्द्र केसी लगायतले राईको बचाउमा समिति भित्रै चर्को विरोध भयो । पछि लेखा समितिबाट राईको नाम हटाएर बाइडबडि प्रकरणको फाईल अख्तियारमा छानविनको सिफारिस गरेको थियो ।

आापूर्ति मन्त्रालयको सचिवका रूपमा आयल निगमको अध्यक्ष हुँदा प्रेम राईले र तत्कालीन प्रबन्ध–निर्देशक गोपाल खड््काको मिलेमतोमा करिब ९० बिघा जग्गा खरिद भष्ट्राचारमा समेत राई मुछिएका थिए । उक्त प्रकरणको फाईल समेत अख्तियारमा थन्किएर बसेको छ ।

एक अर्ब ६ करोड भ्रष्टाचामा राईलाई अख्तियार प्रमुख बनाउने प्रयोजनका लागि सो मुद्दा तामेलीमा राखिएको स्रोतको दावी छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ २१, १३: ४१: २८

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ २१, १३: ४१: २८

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ २१, १३: ४१: २८

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP