March 5, 2021, Friday

नेकपा प्रचण्ड–माधव समूहद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा

नयाँ विकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ ।

नेकपा प्रचण्ड–माधव समूहले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरी आमहड्ताको घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को सिफारिसमा परेका ११ वटा संवैधानिक निकायका ३७ जना प्रमुख र सदस्यलाई संसदीय सुनुवाई नगरी नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले त्यसको विरोधमा आमहडताल आह्वान गरेको जनाएको छ ।

आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द गर्न र अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु राख्न सकिने बुधबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए । विद्यार्थीले परिचयपत्र देखाएर सवारीसाधन सञ्चालन गर्न पाउने आयोजकको भनाइ छ ।

आमहडताल शान्तिपूर्ण हुने आयोजकले बताएका छन् । २८ माघमा काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत रहेको पनि नेकपा प्रचण्ड–माधव समूहले जनाएका छन् ।

माघ २३ गते शुक्रबार भने राजधानीको निषेधित क्षेत्र दरबारमार्गमा नेकपा केपी शर्मा ओली समूहले शक्ति प्रदर्शनस्वरुप आमसभाको आयोजना गरेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
  • २०७७ माघ २१, १७: १८: १०

नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...

काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
  • २०७७ माघ २१, १७: १८: १०

नयाँ विकल्प बारा- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका...

थुनामा रहेका विप्लवका १ सय ४४ नेता–कार्यकर्तामध्ये अधिकांस थुनामुक्त हुन थाले
थुनामा रहेका विप्लवका १ सय ४४ नेता–कार्यकर्तामध्ये अधिकांस थुनामुक्त हुन थाले
  • २०७७ माघ २१, १७: १८: १०

नयाँ बिकल्प,काठमाडौं – सरकारसँग तीन बुँदे सहमतिको भोली पल्टदेखि नै प्रतिवन्ध फुुकुवा भएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट...

भर्खरै

TOP