May 14, 2021, Friday

सात दिन भित्र हाँजिर हुन सर्वोच्चद्वारा प्रचण्डलाई आदेश


नयाँ बिकल्प,

काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

अदालतको अवहेलनाको मुद्धामा लिखित जवाफसहित सात दिन भित्र आफै उपस्थित हुन सर्वोच्चले बुधबार आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष दाहाललाई अदालतमा उपस्थित हुन आदेश दिएका हुन् ।

अदालत र न्यायाधीशहरूलाई लक्षित गरी सार्वजनिक रुपमा पटक –पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा अध्यक्ष दाहालविरुद्ध मुद्धा दर्ता गराएका थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवम् कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै गत साता सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दामा सात दिन भित्र जवाफ पेश गर्न आदेश दिएको थियो ।

अदालतको अवहेलना सम्वन्धी ति रिट पनि न्यायाधीश शर्माकै इजलामा परेको थियो।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ २१, १७: ३०: ४४

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ २१, १७: ३०: ४४

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ २१, १७: ३०: ४४

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP