June 19, 2021, Saturday

काठमाडौंमा आमहड्तालकाे प्रभावः फ्याट्ट फुट्ट मात्र सवारी साधन सञ्चालनमा


नयाँ विकल्प
काठमाडाैं- प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालका कारण आज सडकमा कमै मात्रामा गाडी चलेका छन्।

सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाडौं उपत्यकामा दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी फाट्ट फुट चलिरहेका छन्। बिहान मुख्य नाका नागढुंगा भएर आउने केही रात्री बस काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ। सडक र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि चोक-चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

यसैबिच बन्द गराउँदै हिडेका ५६ जनलाई प्रहरीले पक्राउ गरेको छ। सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी बढाई नियन्त्रणमा लिइरहेको छ। निर्धक्क भएर गाडी र व्यवसाय चलाउन सरकारको आग्रह गरेकाे छ ।

यसैबिच सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ। सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ।

शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने गृहमन्त्रालयले विज्ञप्ति मार्फत जनाएकाे छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ माघ २२, १२: ५४: १७

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ माघ २२, १२: ५४: १७

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ माघ २२, १२: ५४: १७

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP