February 27, 2021, Saturday

बन्दकाे अवज्ञा गरेकाे भन्दै चितवनमा ४ ट्रक ताेडफाेड


नयाँ विकल्प


चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका-१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका-१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ २२, १३: ०२: ५०

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ २२, १३: ०२: ५०

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ २२, १३: ०२: ५०

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP