May 11, 2021, Tuesday

सुदूरपञ्चिममा आमहडतालको प्रभाव सामान्य

नयाँ विकल्प

डडेल्धुरा- सुदुरपञ्चिममा बन्दको प्रभाव सामान्य रहेकाे छ । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ ।

बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो । बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिए ।

“ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन”, उनले भने , “खोजी कार्य जारी राखेका छौँ ।” यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्याउने कार्य गरिरहेको छ । बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २२, १३: २८: ४९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २२, १३: २८: ४९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २२, १३: २८: ४९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP