नयाँ बिकल्प,
काठमाडौं – संवैधानिक परिषदले विभिन्न ११ वटा संवैधानिक निकायको ३६ पदमा गरेको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा रिट जायर गरेका छन् ।
संवैधानिक निकायको नियुक्ति सिफारिस भएको संसदीय सुनुवाइ हुन नसकेको भन्दै ४३ दिनपछि सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मै फिर्ता पठाइदिएका थिए ।
सभामुम सापकोटाले दायर गरेको रिटको आइतबारका लागि पेसी तोकिएको छ । सभामुख सापकोटाले शुक्रबार संवैधानिक परिषदले ११ वटा संवैधानिक अङ्गका १ प्रमुख आयुक्त, २ आयुक्त, ४ अध्यक्ष र २५ सदस्य नियुक्त गरी शपथग्रहण गराएको थियो ।
बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा अध्यक्ष र पदाधिकारी नियुक्त गरेकी थिइन् । पद तथा गोपनियताको सपथ लिएसँगै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुले पदभारसमेत ग्रहण गरिसकेका छन् ।
यसअघि १८ कात्तिक ०७२ मा न्याय परिषद्को सदस्यमा रामप्रसाद श्रेष्ठ र २३ फागुन ०७२ मा निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ समिति गठन भई नसकेकाले संसदले परिषदमै फिर्ता पठाइदिएको थियो ।
सोही नजिरलाई देखाउँदै सभामुख सापकोटाले सुनुवाइ हुने संवैधानिक आधार र कारण नरहेको कारण देखाउँदै फिर्ता पठाइ दिएका थिए ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफूअनुकूल बनाएर ३० मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण संवैधानिक निकायमा नियुक्ति गरेको थियो ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...