June 20, 2021, Sunday

संबैधानिक परिषद्को निर्णय असंबैधानिक कदम – सिंह


नयाँ बिकल्प,
काठमाडौं – संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेको गरेको नियुक्ति असंवैधानिक रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

प्रधानमन्त्रीमा अन्तरनिहित अहम् र संविधान नै मै हूँ भन्ने दम्भ उक्त निर्णयले उजागर गरेको भनदै नेता सिंहले संवैधानिक परिषदको अध्यक्ष समेत रहेका ओलीले कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको दाबी गरेका छन् ।

‘परिषद्को सिफारिसमा परेकालाई गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो’सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’

मुलुकको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको भन्दै सिंहले सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित बताए ।

‘सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ’, सिंहले भने, ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत छन् ।’

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ २३, १३: ४१: ०९

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ २३, १३: ४१: ०९

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ २३, १३: ४१: ०९

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP