March 2, 2021, Tuesday

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’ निर्माण तीव्र

नयाँ विकल्प

सिन्धुपाल्चाेक – मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवक्र्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवक्र्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । सो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ ।

“हेडवक्र्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ”, उनले भने , “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।” गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार सो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रैले निर्माणस्थलमा काम गरेका थिए ।

कोरोना सङ्क्रमण फैलन सक्ने जनाउँदै स्थानीय तहले मालवाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । सो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उनले बताउए । उनले भने , “कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने भनी सरकारले निर्णय गरेको छ ।”

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडवक्र्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवक्र्स’ को बाँकी काम अघि बढाएको छ । आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडवक्र्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो ।

सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ । दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचार

नेपाली काँग्रेसले पहल गरोस् सबै दलको राष्ट्रिय सरकारका लागि
नेपाली काँग्रेसले पहल गरोस् सबै दलको राष्ट्रिय सरकारका लागि
  • २०७७ माघ २३, १३: ४७: ३७

१. प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा बहसमा रहेको वहुप्रतीक्षित रिटको फैसला २०७७ साल फागुन ११ गते भयो र त्यो फैसलाले...

नेकपा ओली समूहकी जिल्ला सदस्य रहेकी न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउपछि प्रहरी तनावमा
नेकपा ओली समूहकी जिल्ला सदस्य रहेकी न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउपछि प्रहरी तनावमा
  • २०७७ माघ २३, १३: ४७: ३७

नयाँ बिकल्प,तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी...

अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्न सरकारको प्रक्रिया शुरु
अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्न सरकारको प्रक्रिया शुरु
  • २०७७ माघ २३, १३: ४७: ३७

नयाँ विकल्पचितवन–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन...

भर्खरै

TOP