May 6, 2021, Thursday

चितवनमा १८ मतदान केन्द्र थपिने

नयाँ विकल्प

चितवन- जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ ।

जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो । कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो ।

जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उहाँले बताउनुभयो । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता रहेका थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उनले बताए । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली कार्यालयमा पठाउने उनले जानकारी दिए। स्थानीय तहमा गरिएको अद्यावधिक विवरण कार्यालयले फागुन २ गतेसम्ममा निर्वाचन आयोगमा पठाइसक्नेछ ।

कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनिक गर्दैछ । प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । आयोगले तोकेबमोजिम जिल्लास्थित तीन सङ्घीय निर्वाचन क्षेत्रमा रहेका ती विद्यालयमा शिक्षा दिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९०० भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम दिएको हो ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ माघ २३, १३: ५७: ३०

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ माघ २३, १३: ५७: ३०

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ माघ २३, १३: ५७: ३०

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP