May 11, 2021, Tuesday

नेतृत्वलाई हटाउन मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको ‘जूू’ मा लगिने छ – बादल


नयाँ बिकल्प,
काठमाडौं – नेकपा ओली समूहका नेता तथा गृह मन्त्री रामबहादुर थापा बादलले जनतालाई फेरि आन्दोलित गरेर मात्रै मुलुकको संविधानको रक्षा गर्न, राजनीतिक उपलब्धीको रक्षा र नेतृत्वको रक्षा गर्न सकिने बताएका छन् ।

नेकपा ओली समूहले शुक्रबार राजधानीको दरबारमार्गस्थित नारायणहिटी दरकारबो दक्षिण गेट नजिक मूल सडकमा आयोजना गरिएको बागमति प्रदेशस्तरिय सभालाई संवोधान गर्दै नेता थापाले राजनीतिक नेतृत्वले स्वेच्छाले राजिनामा गर्दैनन भने बिस्थापित गरिने वा मांसहारी आन्दोलन गर्छु भन्नेहरुलाई हाम्रो कानूनले अपराधी घोषित गर्ने बताए ।

गृहमन्त्री समेत रहेका नेता थापाले भने त्यस्ता मांसहारीलाई जावलाखेलको ‘जू’ मा लगेर राखिने छ । आज बामपन्थी आन्दोलनमा अवसरबादीहरुले भ्रम सृजना गरेका छन् । त्यस्ता अवसरबादीलाई परास्त गर्न निर्वाचनमा जानुको बिकल्प छैन ।

थापाले नारायणहिटीको प्राङ्गणबाट हामीले गरेको यो सभाले गणतन्त्रको रक्षा गर्न सन्देश दिने छ । त्यसैले यहाँ नै सभा गरिएको छ । उनले मांसहारी आन्दोलन गर्नेहरुबाट सचेत हुन आग्रह गरे ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २३, १४: २५: ५३

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २३, १४: २५: ५३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २३, १४: २५: ५३

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP