नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने भनेर दिएको अभिव्यक्तिलाई ‘नरभक्षी’ आन्दोलनको संज्ञा दिएका छन् ।
शुक्रबार नेकपा ओलीसमूहले नारायणहिटी दक्षिण गेटको सडकमा आयोजित सभालाई संवोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन् ।
प्रचण्ड– नेपाल समूहका अध्यक्ष दाहालतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘उहाँले अब मांसहारी आन्दोलन गर्ने भन्नुभएछ । मांसहारी भनेको के हो ? चिकेन चिल्ली खाने भनेको हो र ? होइन । उहाँले नरभक्षी आन्दोलन गर्ने भन्न खोज्नु भएको होला अब ति दिन गए । अब नेपालमा कसैले असान्ति मच्चाउन सकिँदैन ।’
उनले आन्दोलनको नाममा बिहीबार गोङ्गबुमा ट्याक्सीमाथि आगो लगाएर एउटा गरिवको नोक्सान गराएकोमा आपत्ति जनाउँदै त्यस्तो पीडितलाई आफूहरुले क्षतिपूर्ती दिने बताए । उनले भने ‘नोक्सान उहाँहरुले गर्ने तर हामी सहयोग गर्दछौं । शान्तिको लागि लड्ने सरकार छ । जनता ढुक्क भए हुन्छ ।’
उनले सभामा आउन नदिन हिँजो नेपाल बन्द गरिएको, आज आउन नदिन सडकमा खाल्डो खनिएको, बम राखिएको छ भनेर तर्साउने काम गरे पनि सो सभालाई हालसम्मकै ऐतिहासिक ठूलो सभा भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षमा गरिव, मजदूर, किसान र जनताको पक्षमा धेरै काम गरेको तर सरकारले गरेको काम देख्न नसक्नेहरु आफूले केही काम नगरे पनि सडकमा पकाएको भात वाँडेर नाटक गरेको आरोप लगाए ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...