June 21, 2021, Monday

कालापानी लिपुलेक र लिम्पियाधुरा सहितकाे नक्शा छापे पछि सरकार ढाल्ने खेल भयाेः प्रधानमन्त्री ओली


नयाँ विकल्प
काठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टीकाे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाे मिचिएकाे सीमा जाेडेर नक्शा छापेपछि आफुलाइ हटाउने षड्यन्त्र सुरू भएकाे बताएका छन् ।

नेकपा बागमती प्रदेश कमिटीले राजधानीमा आयाेजना गरेकाे सभालाइ सम्बाेधन गर्दै ओलीले उत्तर तिरकाे नाका खाेल्ने सम्झाैता गरेकै कारण सरकारबाट हटाइएकाे स्मरण गर्दै मिचिएकाे भुमि फिर्ता ल्याउने प्रयास गर्दा पुनः सरकार ढाल्ने खेल भएकाे बताए । प्रधानमन्त्री ओलीले देशमा सुशासन र स्थायित्वका लागि चुनावमा जानु परेका भन्दै काठमाडाैबाट जनताले चुनाव चाहेका सन्देश देशभर पुगेकाे दावी गरे ।

प्रधानन्त्री ओलीले देश चुनाव तर्फ गइसकेकाले अब सबै निर्णय चुनावबाट सबै निर्णय हुने बताए । सभालाइ सम्बाेधन गर्दै ओलीले प्रतेक प्रदेश र ७५३ स्थानीय निकायका औंधाेगीक ग्राम बन्न लागेकाे बताए ।

काेराेना नियन्त्रणमा सफल रहेकाे भन्दै उनले काेराेना नियन्त्रण र मृत्युदर न्यून पारेकाे दावी गरे , ओलीले महामारीका कारण अप्ठयाराे स्थिति पार गरेर विकासकाे गतिमा अघि बढाएकाे बताए । उनले बृद्वभत्ता बढाएकाे ,औंपचारीक तथा अनाैपचारीक क्षेत्रका विभिन्न काममा धेरै प्रगति भएकाे भन्दै सामाजिक सुरक्षा सफल हुँदै गएकाे उनले दावी गरे ।

ओलीले विगतकाे द्वन्द्वमा सबै पक्षलाइ दुःख दिएकाे र त्यसबाट प्रत्यक्ष रूपमा पिडित बनेका पूर्व लडाकुका परिवारकाे विचल्ली भएकाे ,कर्मचारी सुरक्षाकर्मीकाे उचित ब्यावस्थापन र क्षतिपुर्तीकालागि सरकारले गृहकार्य भैरहेकाे बताए ।

जनता सुमृद्व मुलुक बनाउने अभियानलाइ असफल पार्न देशलाइ दुर्घटनामा पार्न खाेजियाे भन्दै उनले उत्तरकाे नाका खाेल्दा पहिले सरकाबाट हटाइयाे र र भारतले मिचेकाे नेपाली भुमि लिपुलेक लिम्पियाधुरा र कालापानी सहितकाे नक्शा छापेपछि केहि आफुलाइ पार्टीभित्रै र बाहिबाट कुनै पनि हालतमा हटाउने षड्यन्त्र सुरू भएकाे र याे देशी विदेशी षड्यन्त्र चिर्न र नया जनमतकालागि सार्वभाैम जनतामा जानुपरेकाे बताए ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ माघ २३, १५: १०: ४७

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ माघ २३, १५: १०: ४७

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ माघ २३, १५: १०: ४७

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP