February 27, 2021, Saturday

संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ– ओली

नयाँ बिकल्प,
काठमाडौं – नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न पाएन भने संसद विघटन गर्न पाउने बताएका छन् ।

आफू नेतृत्वको नेकपा (ओली समूह) ले शुक्रबार दरबारमार्ग सडकमै आयोजना गरेको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय व्यवस्था भएको देशमा प्रधानमन्त्रीलाई काम गर्न नदिए प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जान पाउने बताए ।

उनले भने ‘बेलायतमा लिखित संविधान नै छैन तर अस्ति भर्खर त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरे ।’

उनले आफूहरुकै बलमा संसदमा निर्वाचित भएर आउने तर आफूहरुलाई नै काम गर्न नदिनेहरुलाई जवाफ दिन निर्वाचन नै चाहिएको बताए ।

ओलीले निर्वाचनमा गएमा वा जनताको मत लिन्छु भन्दा देश संकटमा पर्छ भन्दै हिँड्नेहरुले निर्वाचन आयोग र अदालतलाई धम्क्याउने गरेको आरोप लगाए । उनले आफूहरु संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्ने पक्षमा रहेको दाबी गरे ।

‘देशमा स्थितिरता चाहन्छु भन्नेहरुले दुई तिहाई नजिकको सरकारलाई ढालेर जोड जाम गरी सरकार बनाउने र किन बेचको खेल गर्न खोजेका छन्’, प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै ओलीले भने, ‘तीन वर्षसम्म सरकारलाई काम गर्न नदिनेहरुले पार्टी फोड्न र देशलाई भड्खालोमा हाल्न खोजि रहे ।’

उनले दलित, मधेशी, मुश्लिम, थारु र जनजातिको कुरा गर्नेहरुले ति आयोग बन्न नदिएको र उनीहरु पार्टीबाट अलग हुनासाथ तीन दर्जन आयोगका पदाधिकारी र सदस्य नियुक्त भएको भन्दै उनीहरुले नियुक्ति पाएको देखि नसहनेहरुले सपथ खाएको भोलीपल्टै नेपाल बन्द गरेको आरोप लगाए ।

आधा दशकबढी लोकतन्त्र र गणतन्त्र ल्याउन लडेको केपी ओलीले राजतन्त्रको घोषणा गर्छ अरे भनेर हल्ला फैल्याइएको भन्दै ओलीले आफूबिरुद्ध लाग्नेहरुले देशको समृद्धि देख्न नचाहेको दाबी गरे ।

‘जेष्ठ नागरिकलाई भन्न चाहन्छु कुनै नाटकबाजको छली कुरामा परेर देशलाई गलत बाटोमा जान दिनुहुन्न’, ओलीले भने ‘शाकाहारी आन्दोलन गर्दिन भन्नेका पछि नलागि सुरक्षा दिने सुरक्षाकर्मी र शान्तिको पक्षमा लाग्ने युवा कार्यकर्ताले चाटुकारका चटके कुरा नसुनी परिवर्तमान लागेकोमा धन्यबाद ।’

उनले अहिलेको सरकारले इतिहासमा कुनै सरकारले नगरेको काम गरेको दाबी गर्दै अहिलेको सरकारको पालामा जस्तो धेरै पुल, सडक र विकास निर्माणको काम कहिल्यै नभएको दाबी गरे । उनले कोभिडको कारणले बरु विकासमा अबरोध गरेको भन्दै एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेर ऐतिहासिक काम गरेको दाबी गरे ।

‘ट्राफिक समस्याले दुख भएकोमा क्षमा चाहन्छु’

प्रधानमन्त्री ओलीले सभा आयोजना गर्दा ट्राफिकमा समस्या आउँद दुख पाएका उपत्यकावासीमाथि क्षमा मागेका छन् । उनले आफूहरु सडकमा नउत्रिँदा २ –४ हजार मान्छे लिएर हामीलाई ‘कुन हो मूल पार्टी’ भनेर लल्कार्ने काम भएकाले सभा गर्नु परेको तर्क गरे ।

उनले पशल व्यवसायी, यातायात व्यवसायी, सवारीमा यात्रा गर्नेलाई दुख दिन नखोजे पनि कार्यक्रम गर्नै पर्ने अवस्था आएको दाबी गरे ।

‘यो कार्यक्रम काष्टिङ मात्र हो । हामीले आमसभा गर्नु पर्ने भयो भने काठमाडौं भरी नै भिडियो डिस्प्ले राख्नु पर्ने अवस्था आउँछ’, उनले भने फागुन १ मा बुटबल र ८ मा विराटनगरमा सभा हुन्छ । आलोचकहरुलाई भन्न चाहन्छु मन थामेर बस्नुस् ।’

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ २३, १५: ४८: ०८

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ २३, १५: ४८: ०८

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ २३, १५: ४८: ०८

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP