May 11, 2021, Tuesday

पूर्व एसपी उप्रेती सहित २ सय ३३ जना कांग्रेसमा प्रवेश


नयाँ विकल्प

काठमाडाैं- नेपाल प्रहरीका पूर्व प्रहरी उपरिक्ष नरेन्द्र उप्रेती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शखर काेइरालाले शुक्रबार उप्रेतीलाइ नेपाली कांग्रेसकाे सदस्यता दिदै पार्टीमा प्रवेश गराएका हुन् ।


मोरङको सुन्दरहरैंचा सलकपुरमा आयोजित कार्यक्रममा कांग्रेस नेता शेखर काेइरालाले उप्रेती सहित राप्रपाका पुर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई,नेपाल सरकारका पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती सहित राप्रपा, पुर्व एमाले र पुर्व माओवादीबाट करिब २ सय ३३ जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाल प्रहरीमा ब्यावसायीक तथा इमान्दार प्रहरी अधिकृतकाे छवि बनाएका उप्रेती १७ पुस २०७४ मा राजीनामा दिएका थिए । २०५१ मा प्रहरी निरिक्षकबाट सेवामा प्रवेश गरेका उनी एसएसपी बढुवाकाे राेलक्रममा पहिलाे पत्तिमा रहेका थिए ।

उप्रतीलाइ १५ पुसमा गृहमन्त्रालयले गरेकाे एसएसपी बढुवामा नियाेजित रूपमा पछाडि पारिएकाे थियाे । प्रहरी सेवामा २४ बर्ष सेवा गरेका उप्रती संगठन भित्र अन्यायमा परेपछि राजिनामा दिएका थिए ।

उप्रेतीकाे राजिनामाले प्रहरी संगठन नै तरंगीत बनेकाे थियाे भने संगठनमा हुने अस्वस्थ्य प्रतिस्पर्धा बाहिरिएकाे थियाे ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २३, १७: ४३: ०१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २३, १७: ४३: ०१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २३, १७: ४३: ०१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP