धनगढी- कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।
घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...