May 11, 2021, Tuesday

कारागारलाई कम्प्युटर सहयोग

नयाँ विकल्प

दाङ- कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ ।

रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०÷१० थान कम्प्युटर प्रदान गरिएको हो । गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको हो ।

घोराही र तुलसीपुरका कारागारका कैदीबन्दीका लागि कम्प्युटर हस्तान्तरण गरिएका हो । कारागारलाई सुधारगृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको गुडविल कम्युनिटी प्रतिनिधि अशोक श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कैदी बन्दीहरुले पढ्न लागेको कुरा थाहा पाएपछि उनीहरुलाई कितावी ज्ञानसँगै प्रविधिको ज्ञान पनि होस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारागारभित्रै बसेर पनि नयाँ प्रविधि र युग सहाउँदो ज्ञान हासिल गर्न सकिन्छ भने ।

उनले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदीबन्दीले कारागारभित्रै बसेर पनि ज्ञान हासिल गर्नसक्ने अवसर आएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख युवराज परियारले कैदीबन्दीलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गरी ज्ञान हासिल गर्न सुझाव दिएका थिए ।

घोराही कारागार प्रमुख विष्णुप्रसाद पाण्डेले कसुरमा कारागारमा सजाय भोग्दै गरेका कैदी बन्दीमा सकारात्मक सोचको विकाससँगै पढ्ने बानीको विकास भएको बताए । महोत्सवमा रु ५४ लाख बचत तुलसीपुर उद्योग वाणिज्य सङ्घले गतवर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ ।

शनिबार सङ्घको २६औँ साधारणसभामा वाणिज्य सङ्घका कोषाध्यक्ष डिल्लीबहादुर वलीले महोत्सवमा विभिन्न शीर्षकमा रु ८७ लाख ८९ हजार ५१२ आम्दानी भएको ३३ लाख ९९ हजार ४३७ खर्च भएको जानकारी दिए । उनले सबै खर्च कटाएर महोत्सवबाट रु ५३ लाख ९० हजार ७५ बचत भएको जानकारी दिए। कोरोना महामारीका कारण आफूहरुले आयव्यय सार्वजनिक समयमा गर्न नसकेको सङघका अध्यक्ष वीरबहादुर रातवले बताए। सङ्घले गत वर्षको माघ महिनामा महोत्सव आयोजना गरेको थियो । रासस

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २५, १२: १२: ४०

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २५, १२: १२: ४०

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २५, १२: १२: ४०

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP