May 13, 2021, Thursday

नेपालकाे पूर्वी नाका खुकुलो भएसँगै आवतजावतमा सहज

नयाँ विकल्प

काकडभिट्टा- पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए । उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको स्वीकार गरे ।

“मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ”, उनले भने , “तर अन्यको हकमा भने पुरानौ अवस्था छ । खुकुलो बनाइएको छैन ।’’ उनले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए ।

भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७७ माघ २५, १२: २४: ०४

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७७ माघ २५, १२: २४: ०४

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
  • २०७७ माघ २५, १२: २४: ०४

नयाँ बिकल्प,काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ महामारीको कारणले संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि भइरहँदा नेपालका...

भर्खरै

TOP