कञ्चनपुर- बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । “पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उनलेले भने ।
क्षेत्रीका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको छ ।
नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...
नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...