May 14, 2021, Friday

बैतडीकी किशोरीको बलात्कारपछि हत्याको घटना बुझ्न डिआइजी सुवेदी घटनास्थलमा


नयाँ बिकल्प,

काठमाडौ – बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आशंकामा घटनाको बारेमा बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार सुवेदी घटनास्थलतर्फ गएका छन् ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डीआइजी सुवेदी आइतबार बिहानै घटनास्थलतर्फ गएका हुन् । घटनाको प्रारम्भिक छानविन र दसी –प्रमाणको सुरक्षाका लागि यसअघि नै प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनकराज पाण्डेलाई खटाइएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि खटाएको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई नै बैतडी पठाइएको छ ।

बाखु नेतृत्वको टोलीले घटनाको प्राविधिक विश्लेषण गर्ने भएको छ । मृतक किशोरी भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ । जसले कल डिटेल लगायतको विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।

सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत भट्ट बुधबार साँझसम्म पनि विद्यालयबाट घर नफर्किएपछि बालिका हराएको भन्दै खोजी शुरु गरिएको थियो । बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटिएको थियो ।

मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएलगत्तै तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्नीफिङ गराएको थियो । सामान्य पानीसमेत परिरहेको भए पनि कुकुरले शव भेटिएकै स्थान वरिपरि घटना भएको संकेत गरेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीहरुले ‘झाडी माडिएको र घिसारिएको चोटपटक भएकाले पनि घटना नजिकै भएको हुनसक्ने अनुमान गरेको छ । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

प्रहरीले किशोरी भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने किसिमको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिरहेको दाबी गरेको छ ।

भागीरथीको शव शनिबार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पताल स्रोतले जनाएको छ । शव पोष्टमार्टम अघि नै शुक्रबार भेजाइनल स्वाब संकलन गरिएको थियो ।


उनको हत्यामा संलग्न आरोपीहरु कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ २५, १३: १३: ०५

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ २५, १३: १३: ०५

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ २५, १३: १३: ०५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP