May 11, 2021, Tuesday

प्रतिनिधिसभा विघटन– सर्वोच्चको फैसला आउन अझै तीन साता लाग्ने


नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयबिरुद्ध परेको रिट निवेदनको फैसला आउन अझै तीन साता लाग्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आइतबार संवैधानिक इजलासमा सुनुवाइको क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विपक्षी सरकारी पक्षलाई यसै साताभित्र बहस सक्न सुझाव दिएका थिए ।


राणाले विपक्षीको बहसपछि एमिकश क्यूरीको बहस सुन्ने र त्यसपछि केही समय आफूहरूलाई लाग्ने जनाउँदै रिटमाथिको अन्तिम फैसला आउन अझै तीन साता लाग्ने संकेत गरेका हुन् ।
रिटबारे जारी सुनुवाई यसै साताभित्र टुंग्याइसक्न विपक्षी कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

आइतवारको सुनुवाइमा राणाले सरकारी पक्षलाई मिति तोकेरै बहस ३० माघभित्र सक्न भनेका थिए । प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेका अधिवक्ता रमेश बडाललाई उनले ३० माघभित्र विपक्षीका तर्फबाट बहस सक्न भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ । प्रधानमन्त्रीको पक्षबाट १९ माघदेखि बहस भइरहेको छ ।

विपक्षीको बहसपछि एमिकस क्यूरीका वरिष्ठ अधिवक्तालाई समय दिने र केही दिन न्यायाधीशलाई लाग्ने प्रधानन्यायाधीश राणाले बताए ।

आइतबारसम्म सरकारी पक्षबाट सरकारी वकिलले मात्र बहस गरेका छन्। अब प्रधानमन्त्रीको कदमको बचाउका लागि वकालतनामा लेखाएका निजी कानुन व्यवसायीले बहस गर्न बाँकी छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २५, १७: ०६: ४९

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २५, १७: ०६: ४९

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २५, १७: ०६: ४९

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP