May 11, 2021, Tuesday

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार

नयाँ विकल्प

ललितपुर- गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने
सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं
गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले सकुशल उद्दार गरेको
छ ।


उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय
प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा
अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।


जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ
मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका
गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्री, काउनसिलिङ लगायत सचेतनामूलक
बोर्डहरु राख्नुका साथै सुरक्षित रुपमा आन्तरिक पर्यटक तथा स्थानिय बासिन्दा गरी उक्त
दिनमासमेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले
जनाएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २६, १४: ०२: ३४

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २६, १४: ०२: ३४

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २६, १४: ०२: ३४

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP