February 27, 2021, Saturday

कोरोनाबाट भारतमा १ लाख ५५ हजार बढीको मृत्यु

नयाँ विकल्प
एजेन्सी- भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ ।

भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ ।

गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७९ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभरी २० करोड १९ लाख ६१४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । आइतबार एकै दिनमा मात्र पाँच लाख ३२ हजार २३ व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेका आइतबार जनाइएको छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ २६, १४: १६: २८

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ २६, १४: १६: २८

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ २६, १४: १६: २८

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP