गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा आर्थिक ऐन र त्यसका प्रावधान विषयक अन्तरक्रिया गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताए । हरेक व्यक्तिले गर्ने आर्थिक कारोवारबारे राज्य जानकार रहेको बताउँदै, कर छल्न खोज्नेहरूप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने बताए ।
कारोवार बढ्दा खर्च पनि बढ्ने भएकाले ठूलो कारोवार हुँदैमा बढी कर तिर्नुपर्छ भन्ने मान्यता राख्न नहुने तथा आफ्नो आयव्ययको विवरण चुस्तदुरुस्त राख्नसके दण्ड र जरिवानाबाट बच्न सकिने र राज्यले दिएका सुविधा उपभोग गर्न करदाता स्वयं सचेत बन्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले कर शिक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै व्यवसायी भनेका कर लुकाउने वर्ग हो भन्ने मानसिकताबाट कर प्रशासन मुक्त हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत मदनबहादुर केसीले आर्थिक ऐन, २०७७ ले दिएका सुविधाबारे कार्यपत्र प्रस्तुत गरे भने पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छेलगायतले कर प्रशासन व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए ।
सङ्घले आफ्नो ६७औँ वार्षिकोत्सवको सन्दर्भमा यो साता विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । वि.सं २०११ माघ २५ गते पोखराकै जेठो सामाजिक संस्थाका रूपमा सङ्घको स्थापना भएको हो ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...