May 14, 2021, Friday

सात वर्षसम्म पनि हुन सकेन बालाजु–ककनी सडक कालोपत्रे

काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ ।

चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक गत पुसमा सकिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु त्रिशूलीदेखि सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताए ।

उनका अनुसार यो सडकमा बालाजुदेखि ककनीसम्म एउटा ठेक्का र ककनीबाट पीपलटारसम्म अर्काे ठेक्का हो । बालाजुदेखि ककनी सडकमा नालीको काम भइरहे पनि कालोपत्र नभएकाले सो स्थानमा प्रगति नदेखिएको बताए । पटकपटक म्याद थपे पनि अझै काम सुस्त छ ।

सो सडक निर्माणका लागि आव २०७०÷०७१ मा ठेक्का भएको थियो । सडक निर्माणमा एआइपिएल र सैलुङ कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माणमा भएका ढिलाइका कारण सडक विभागले ठेक्का रकमको १० प्रतिशत अर्थात् रु तीन करोड ७० लाख हर्जाना लगाउने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिए । उनका अनुसार त्यसमा रु दुई करोड सात लाख असुल भइसकेको छ भने बाँकी रकम काम सम्पन्न गरेर अरू बिल आएपछि त्यसबाट कटाउने योजना बनाइएको छ । 

पटकपटक अवधि थप हुँदासमेत निर्माण व्यवसायीको लापरवाहीका कारण सडक अझै सम्पन्न हुन नसकेको हो । यो सडकमा निर्माणस्थल वा निर्माण सामग्रीको समस्या नभए पनि व्यवसायीले ढिलाइ गरेको पाइएको प्रमुख प्रजापतिले बताए । एउटै कम्पनीले धेरै ठाउँमा ठेक्का लिने प्रवृत्तिले पनि काम समयमा हुँदैन ।

सरकारले धेरै ‘क्रोनिक’ ठेक्काहरु सार्वजनिक खरीद नियमावलीको नवौँ संशोधनबाट पुनः एकपटक अवधि थप गर्ने निर्णयानुसार यो ठेक्कामा पनि गत वर्ष अवधि थप भएको थियो । निर्माण व्यवसायीलाई काम गर्न प्रोत्साहन होस् भनेर अवधि थप भए पनि काम चाँडो सक्न तत्परता नदेखाएको पाइन्छ । 

व्यवसायीले निर्माणको काम नै नगर्दा जरिवानादेखि ठेक्का तोड्न सक्नेसम्मको व्यवस्था छ । ठेक्का तोड्दा पनि व्यवसायी अदालत जाने र अदालतले पनि अन्तरिम आदेश दिने हुँदा निर्माणमा थप अन्योल हुने गरेको प्रमुख प्रजापतिले बताए । बालाजु–त्रिशूली छहरे सडककै ककनी–पीपलटार खण्ड अदालतमा विचाराधीन छ ।  

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ २७, १२: ४१: ५९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ २७, १२: ४१: ५९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ २७, १२: ४१: ५९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP