March 8, 2021, Monday

तनहुँमा दुई दिनदेखि बेपत्ता किशोर अझै भेटिएनन्

नयाँ विकल्प

तनहुँ – व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका थिए ।

आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनीहरू क्याम्पस पुगेनन् । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे ।

बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे । मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । “दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन”, उनले भने , “बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्याैं, केही जानकारी प्राप्त हुन सकेन ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिए । सवारी साधनलाई कारवाही पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ ।

पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको जाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार २१ बसलाई कारवाही गरी छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार

यस्तै बेलामा हो संसदीय व्यवस्थाको जगेर्ना गर्ने…… !
यस्तै बेलामा हो संसदीय व्यवस्थाको जगेर्ना गर्ने…… !
  • २०७७ माघ २८, १३: ०९: ४०

१. प्रतिनिधि सभाको सातौँ अधिवेशनले दिने सकारात्मक सन्देश सुन्न र देख्नका लागि नेपाली जनता लालायित छन् । पुस ५ गते प्रधानमन्त्री...

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः  प्रधानमन्त्री ओली
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छः प्रधानमन्त्री ओली
  • २०७७ माघ २८, १३: ०९: ४०

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...

‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
  • २०७७ माघ २८, १३: ०९: ४०

नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...

भर्खरै

TOP