नयाँ विकल्प
काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड माधव पक्षीय वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा दाेस्राे समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे सम्पुर्ण निर्वाचन क्षेत्रमा जमानत जफत हुने गरि पराजय हुने बताएका छन् ।
प्रतिनिधि सभा विघटनकाे गैरसंवैधानीक कदम विरूद्व नेकपा प्रचण्ड माधव पक्षले राजधानीमा गरेकाे विराेध सभामा बाेल्दै नेता खनालले भने ‘मिस्टर केपी ओली ? तपाइँको खुट्टी हेर्दै पत्यायौं । अब दुई वर्षपछि चुनाव हुन्छ अनि त्यसवेला तपाईको २६५ वटा निर्वाचन क्षेत्रमै तपाइकाे जमाना जफत हुन्छ ’ ।
नेता खनालले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन हामी लडेका नभइ असंवैधानिक कदम विरूद्वकाे अबको आन्दोलन २०४६ सालको भन्दा ठूलो र २०६२–६३ सालको भन्दा बढी आगो दन्किएको बताए ।
खनालले भने ‘नेकपाको मात्र आन्दोलन होइन, देशको आन्दोलन हो, आउनुस् । संसद पुनस्थापनाको संघर्षमा आउन नेपाली कांग्रेस, जनता समाजवादीसँग आग्रह गर्छु ’ ।
उनले अहिले निर्वाचन आयोगलाई पनि अप्ठ्यारो पारिएको भन्दै व्याङगात्मक शैलिमा ‘आदरणीय आयुक्तज्यूहरु भने आधिकारिक पार्टी कहाँ छ भन्ने हेर्न प्रदर्शनी मार्ग र वरपर हेर्न आउनुस ’ ।
उनले यही जनउपस्थितिले नै यसले आधिकारिकता दिएको भन्दै ऐन, कानून कता मिलाउने हो मिलाउनुस् निर्वाचन आयाेगलाइ आग्रह गरे ।
ओली पक्षले ३२ माघमा दरवारमार्गकाे ओलीले महेन्द्रको शालिकमा गरेकाे सभालाइ ब्यङ्ग गर्दै खनालले भने ‘२–४ हजार मान्छे भेला गराएर दुई तिहाई ल्याउँछु भन्नु भगेराले बाँस नुगाए भने जस्ताै हाे ।
खनालले भने, ‘एउटा भँगेरो भर्र उडेर वाँसको टुुप्पामा बसेछ । तर एक मानिसले तलबाट बाँस निहुर्याएछन् । त्यो भँगेरालाई आफू निकै वजनदार भएको भान परेछ । र, आमालाई गएर भनेछ म त धेरै वजनदार भएछु, वाँसको टुप्पो नै नुहियो भनेछन् । अनि भँगेराकी आमाले भनेछिन् ‘खट्टी हेर्दै थाहा भयो’ भनिछन् , ओलीको पनि भगेरा जस्तै भएकाले खुट्टी हेर्दै चाल पाइरहेका छाैं । ’
ओ मिस्टर केपी शर्मा ओली ? दुई वर्षपछि चुनाव हुन्छ अनि त्यसवेला तपाईको २६५ वटा निर्वाचन क्षेत्रमै जमाना जफत हुने छ । खनालले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको लागि संघर्ष बाहेक अर्काे बाटाे नभएकाे बताए ,
उनले भने ‘अब हाम्रोबाटो भनेको समाजवाद हो ,५८ वर्ष लगाएर समाजबादको निर्माणको बाटो र १० वर्ष लगाएर बनाएको संविधान भत्काउने काम गरेका भयाे । ’
ओलीले कृषि क्रान्तिको क पनि उच्चरण पनि नगरेकाे भन्दै खनालले अबकाे आन्दोलन नेकपाको दुई वटा गुटको आन्दोलन नभइ, यो केपी ओलीको प्रतिक्रान्तिको विरुद्ध भएकाे बताए । खनालले ओलीलाई जनताप्रति विश्वास नभएका कारण मठमन्दीरमा दर्शन र पुजापाठकाे सहारा लिएकाे समेत आराेप लगाए ।
नयाँ विकल्प बर्दिया- भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला...
नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...
नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...