इनरुवा । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परी मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् ।
पूर्व पश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो ।
ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...