February 27, 2021, Saturday

नेप्सेमा सामान्य करेक्सन आउँदा बैंकिङ समूहमा लगानीकर्ताकाे आकर्षण !


नयाँ विकल्प

काठमाडौं -सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । समग्र नेप्से सूचकमा करेक्सन आए पनि बैंकिङ समूहको सूचक भने वृद्धि भएको छ ।

वाणिज्य बैंक, विकास बैंक तथा म्युचुअल फन्ड समूहका सूचक बढेका हुन् । पछिल्लो समय विशेषगरी बैंकतिर लगानीकर्ता आकर्षित भइरहेका छन् । बैंकको सेयर तुलनात्मकरुपमा सस्तो भएको अनि अहिले कायम भाउका आधारमा प्रतिफल औसतमा बढी भएकाले पनि लगानीकर्ता यतातिर आकर्षित भएका हुन् ।

भाउ निकै तल्लो विन्दुमा रहेका बैंकहरुमा चमक आउँदा यसले समग्र सेयर बजारको विकास र स्थायित्वमा पनि सहयोग पुग्ने भएको छ । यो बजारको दीगो सुधारका लागि पनि सकारात्मक पक्ष हो । यता, बजार करेक्सन भइरहँदा पनि सेयर कारोबार रकम उत्साहपूर्ण रहेको छ । यो पनि बजारका लागि निकै सकारात्मक पक्ष हो । यसले बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेता रहेको बुझ्न सकिन्छ ।बजार लगातार बढिरहनु पनि त्यति राम्रो होइन ।

यसर्थ, बेलाबेला करेक्सन हुँदै अघि बढ्दा थप बलियो हुने विश्लेषकहरु बताउँछन् । सेयर बजार अहिले बुल रनमा हिँडिरहेको छ । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । यस्तो बेला बजार हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । बैंकहरुले सेयर कर्जा प्रवाह गरिरहेका छन् । कर्जाको ब्याजदर सस्तो छ ।

यता, बचत तथा मुद्दति खातामा ब्याजदर अत्यन्त कम छ । बैंकमा पैसा जम्मा गर्दा निक्षेपकर्ताले पाउने ब्याजदर निकै कम भएपछि उनीहरु पनि सेयर बजारतिरै आकर्षित भएको अवस्था छ । यतिबेला वास्तवमा भन्नुपर्दा निक्षेपकर्ता निरुत्साहित भइरहेका छन् । तर यसले सेयर बजारलाई भने सकारात्मक प्रभाव पारिरहेको छ । सेयर बजारसम्न्धी नीतिनियमहरु पनि निकै सुधारउन्मुख छन् । बजारको आफ्नै नियम हुन्छ ।

निश्चित चक्रमा हिँड्छ । यसका बारेमा पनि जानकारी आवश्यक पर्ने उनीहरुको भनाई छ । तर लगानीकर्ताहरुले आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले लगानी सम्बन्धी निर्णय लिनुपर्छ । कम्पनीहरुको वित्तीय सूचकलाई अध्ययन गर्न बिर्सिनु हुँदैन ।
समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ ।

लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।

नेप्से सूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा आइपुगेको छ । ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा डिप्रोक्स लघुवित्त ५६ करोड ६३ लाख रुपैयाँसहित अग्रस्थानमा छ । दोस्रो र तेस्रोमा क्रमशः नबिल र कुमारी बैंक परेका छन् । नेपाली पैसाबाट

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ २९, १५: २६: ५०

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ २९, १५: २६: ५०

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ २९, १५: २६: ५०

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP